प्रतीकात्मक तस्बिर काठमाडौं- विदेशमा अलपत्र परेका १ हजार ८० जना नेपाली आइतबार स्वदेश फर्किएका छन्। विभिन्न ६ वटा उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्।
युएईबाट ४१९, मलेसियाबाट ३५४ र कतारबाट ३०७ नेपाली स्वदेश फर्किएका छन्। त्यस्तै युएई र कतारबाट २/२ वटा शव ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएको छ।
सोमबार कतार, साउदी, मलेसियालगायतका मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनका लागि ९ वटा उडान तय गरिएको विमान स्थलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।