• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मुक्त कमैयाका २० वर्ष : समस्या ज्यूँका त्यूँ 

कोरोनाका कारण औपचारिक कार्यक्रम गरिएन, ज्ञापनमार्फत् सरकारको ध्यानाकर्षण
64x64
शेरबहादुर ऐर शुक्रबार, साउन २, २०७७  १९:१६
1140x725

धनगढी-दुई दशकदेखि बृहत र्‍याली, अन्तक्र्रियालगायतका कार्यक्रम गरी हरेक साउन २ मा मुक्त कमैया दिवस मनाउने गरिएको थियो। यस वर्ष भने कोरोना भाइरस (कोभिड-१९)का कारण यस्ता कार्यक्रम नगरिए पनि मुक्त कमैया क्षेत्रमा काम गर्दै आएका संघ÷संस्थाले समस्यासहितको सम्बोधनको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सरकारले २०५७ साउन २ गते कमैयाहरुलाई मुक्तको घोषणा गरेको थियो। सरकारको घोषणाको २० वर्ष बिनिसके पनि उनीहरुका समस्या भने ज्यूँका त्यूँ छन् ।

मुक्त कमैया समाज, कमैया प्रथा उन्मूलन समाज, मुक्त कमैया महिला विकास मञ्च, मुक्त कमैया यूवा समाज, कमैया महिला जागरण समाजलगायतका संस्थाले संयुक्त रुपमा प्रदेशका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर मुक्त कमैयाका समस्याबारे जानकारी गराएका थिए ।

मुक्त कमैया महिला विकास मञ्च कैलालीकी अध्यक्ष कौशिला चौधरीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै अझै पनि कमैयाका समस्याको समाधान हुन नसकेको गुनासो गरेकी थिइन । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा कमैयाको बसोबास छ।

मञ्चकी अध्यक्ष चौधरीका अनुसार कैलालीमा परिचयपत्रप्राप्त आठ हजार नौ सय १० जना मुक्त कमैया परिवार रहेकोमा सरकारले एक सय ७३ जनाको परिचयपत्र खारेज गरेको थियो। जिल्लामा सरकारले अहिलेसम्म आठ हजार सात सय १७ परिवारलाई बसोबास गराए पनि एक सय ९३ जना मुक्त कमैया परिवारले लालपुर्जा पाएर पनि बसोबास गर्न नसकेको जनाइएको छ।

जिल्लामा परिचयपत्र प्राप्त गरेका एक सय ८७ मुक्त कमैया परिवारले जग्गा नपाउँदा घर निर्माणका लागि काठवापत रकम र घर निर्माण सहयोग रकमसमेत सहज रुपमा पाउन नसकेको गुनासो गरिन्।

उनले अस्थायी शिविरमा जीवन बिताइरहेका मुक्त कमैयाहरुको शिक्षा, स्वास्थ्य, रोजगारलगायतका आधारभूत मानवीय आवश्यकतासँगै ओत लाग्ने आधारभूत  आवश्यकताको गास, बासको समेत प्रबन्ध गर्नुपर्ने माग गरिन् । उनले भनिन्, ‘सरकारले सुविधा दिने नाममा कसैलाई खोलाको बगर वा बलौटे जग्गा दिएको छ भने कसैलाई सुकुम्बासी तथा किसानहरुले भोगचलन गरेको जग्गामा कित्ताकाट गरिएको छ ।’ 

उनले सरकारले विभिन्न बहानामा मुक्त कमैया बसोबास गरेको जमिनबाट हटाउने गरिरहेको गुनासो गरिन्। उनले भनिन्, ‘यस्ता कार्य सरकारले तत्काल बन्द नगरे आन्दोलनमा उत्रने छौं ।’ 

Ncell 2
Ncell 2

मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले प्रदेशस्तरमा अधिकार सम्पन्न मुक्त कमैया पुनर्स्थापना समस्या समाधान आयोग र स्थानीय स्तरमा मुक्त कमैया पुनःस्थापना समिति गठन गरी पुनर्स्थापना कार्य अगाडि बढाउनुपर्ने सुझाव दिए।

उनले अहिले कोरोना महामारीले विदेशबाट फर्केका बेरोजगार मुक्त कमैया परिवारहरु बढी मारमा परेको बताए। उनले भने, ‘बेरोजगार मुक्त कमैया सदस्यहरुलाई शैक्षिक योग्यता, सीप, दक्षता अनुसार रोजगारको व्यवस्था गर्नुपर्छ।’ उनले बसोबास तथा भोगचलन गरिरहेकै स्थानमा जग्गाको नाप नक्सा गरी यथाशीघ्र लालपूर्जा उपलब्ध गराउनुपर्ने माग गरे।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले मुक्त कमैयाका समस्या समाधान गराउनमा प्रदेश सरकार गम्भीर रहेको बताए। उनले भने, ‘मुक्त कमैयाका समस्या समाधानका लागि प्रदेशले गर्नुपर्ने कामका लागि विशेष कार्यक्रम ल्याएका छौं भने संघीय सरकारसँग समन्वय गरेर छिटो छरितो सम्पन्न गर्न पहल गरिने छ ।’

 उनले भूमिको अधिकार प्रदेश सरकारसँग नरहेकाले संघीय सरकारसँग समन्वय गरिने बताए । उनले मुक्त कमैया घोषणा भएको दुइ दशक बित्दा पनि समस्याको समाधान नहुँदा मुक्त कमैया परिवार र सरकारले नै दुःख पाइरहेको बताए ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी मुक्त कमैयाको समस्या समाधान गर्न मन्त्रालयले विशेष कार्यक्रम ल्याइरहेको बताए। उनले प्रदेश सरकारले एकीकृत वस्ती विकास कार्यक्रममार्फत् जग्गाको समस्या समाधान गर्न लागिरहेको बताइन्। उनले भनिन्,‘आधारभूत आवश्यकता पुरा गर्न आयमुलक कार्यक्रम र रोजगारमुलक कार्यक्रम अघि बढाइने छ।’ 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्