• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

समस्यामा परेका बचत–ऋण सहकारीलाई जोगाउने स्थिरीकरण कोषको स्थापना अन्तिम चरणमा

‘स्थिरीकरण कोष लगानी नभई योगदान हो’
64x64
हेमन्त जोशी शनिबार, साउन ३, २०७७  ०९:२०
1140x725

काठमाडौं- बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु समस्यामा पर्दा त्यस्ता सहकारीको व्यवस्थापन गर्ने उद्देश्यले सहकारी ऐनमा राखिएको स्थिरीकरण कोषसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने भएको छ। तरलता कायम राख्न र आर्थिक समस्यामा परेका सहकारीलाई जोगाउन आवश्यक रकम सापट दिने यो कोषको मुख्य उद्देश्य हो। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको खर्चसमेत व्यहोर्ने उद्देश्यसहित सहकारी ऐन २०७४ को दफा १०३ मा स्थिरीकरण कोषसम्बन्धी व्यवस्था गरिएको छ।

ऐनमा व्यवस्था भएको यो कोष स्थापनाका लागि अन्तिम चरणको काम भइरहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले बताए। यो कोषमा प्रारम्भिक संस्थाको सहभागिताको प्रतिबद्धता खोज्ने उद्देश्यले नेफ्स्कुनले गत माघमा प्रारम्भिक गोष्ठी आयोजना गरेको थियो।

‘हामीले गत आर्थिक वर्षको मसान्त कुरेकै हो। असार मसान्तसम्ममा जति संस्थाहरु कोषमा समावेश हुने भनेर आएका छन्, तिनीहरुलाई समेटेर अब हामी कोष दर्ता प्रक्रिया सुरु गर्छौं,’ पौड्यालले भने। कोषको कार्यालय राख्नका लागि नेफ्स्कुन कै कार्यालय उपलब्ध गराउने लगभग टुंगो लागिसकेको छ।' कोषमा आबद्ध हुन चाहने प्रारम्भिक संस्थाहरुबाट पैसा संकलन गर्ने काम पनि सुरु भइसकेको छ। ‘१० करोड रुपैयाँबाट कोष सुरु गर्नुपर्ने भएका कारण प्रारम्भिक संस्थाबाट जति उठ्छ, त्यसमा नपुग रकम सरकारले थपेर १० करोड पुर्‍याउनुपर्ने व्यवस्था छ। त्यसबारे हामीले मन्त्रालय र सहकारी विभागमा जानकारी गराइसकेका छौं,’ पौड्यालले भने।

स्थिरीकरण कोषसम्बन्धी ऐनको व्यवस्था कार्यान्वयन गर्नका लागि चाहिने कार्यविधि तथा निर्देशिका निर्माणको काम पनि सकिसकेको छ। ‘कोष संचालनसम्बन्धी मुख्य कार्यविधि मन्त्रालयले बनाएर पठाउने हो। त्यसमा आधारित रहेर बाँकी ४ वटा संचालनसम्बन्धी आधारभूत आन्तरिक कार्यविधिहरु बनिसकेका छन,’ नेफ्स्कुन अध्यक्ष पौड्याल भन्छन्।

कोषमा आवद्ध हुन केहि कानुनी र क्षमतागत जटिलताका कारण प्रारम्भिक संस्थाहरुको कोषप्रति चाँसो भने कम छ। ‘कोषका बारेमा केहि विरोधाभाष छ। त्यसमा आबद्ध हुन निश्चित मापदण्डहरु पूरा गर्नुपर्छ। संस्थागत पुँजीको २ दशमलव ५ प्रतिशत प्रारमिक योगदान पुर्‍याउनुपर्ने र एक आर्थिक वर्षभित्र त्यसलाई ५ प्रतिशत बनाउने नीतिगत व्यवस्था भएकाले त्यो क्षमता भएका बचत तथा ऋण सहकारी संस्था नेपालमा अत्यन्त कम छन्,’ पौड्याल भन्छन्, ‘कम क्षमता भएका संस्थाहरुको कोषमा संलग्नता पनि कम रहने सम्भावना रहन्छ। तर, त्यस्ता संस्थालाई पनि संलग्न कसरी गराउने भनेर हामीले नीतिगत व्यवस्थालाई केहि खुकुलो बनाउन मन्त्रालय र विभागलाई आग्रह गरिरहेका छौं।’

सहकारी विभागका सूचना अधिकारी सुरेन्द्र पौडेलले नेफ्स्कुनले स्थिरीकरण कोष स्थापनासम्बन्धी कार्य कसरी अगाडि बढाउने भनेर निर्देशन मागी रहेको र विभागले यो विषय मन्त्रालयलाई जानकारी गराएको बताए। ‘स्थीरिकरण कोषसम्बन्धी विषयहरुको ब्याख्या मन्त्रालयले गर्ने भएका कारणले हामीले मन्त्रालयलाई भन्यौं। मन्त्रालयबाट थप कुरा केहि आएको छैन। कार्यविधि बनेको छ। कार्यविधिले छुट्टै दर्ता गर्नुपर्ने/नपर्ने, कोषका लागि छुट्टै स्थायी लेखा नम्बर (पान नम्बर) लिनुपर्ने/नपर्ने लगायतका विषयहरु स्पस्ट पारिएका छन्,’ पौडेलले भने।

मन्त्रालयले स्थिरीकरण कोष संचालनसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ।

किन आवस्यक छ स्थिरीकरण कोष? 
बचत तथा ऋणको कारोबार गर्ने प्रारम्भिक संस्थाका लागि स्थिरीकरण कोषमा आबद्ध गराउन सहकारी ऐन २०७४ मै व्यवस्था गरिएको छ। सहकारी क्षेत्रलाई दिगो बनाउनका लागि यस्तो कोषको परिकल्पना गरिएका कारण यो लगानी नभई योगदान हो।

Ncell 2
Ncell 2
nimb
nimb

१० करोड रुपैयाँ बराबरको उक्त कोष स्थापनाका लागि कम्तीमा पनि ३० वटा प्रारम्भिक संस्थाले आबद्धताको प्रतिबद्धता जनाउनु पर्छ। त्यसरी कोषमा जान चाहने संस्थाले आफ्नो वार्षिक खुद नाफाको निश्चित प्रतिशत कोषका लागि छुट्याउनु पर्छ। कोषका लागि तय गरिएको १० करोड बराबर रकम नपुगे सरकारले अपुग रकम थप्ने कानुनी प्रावधान छ।

बचत तथा ऋण विषयगत संस्थाको संचालनमा संभावित जोखिमबाट संरक्षण गर्न त्यस्ता संस्थाहरु मिली एक स्थिरीकरण कोष खडा गर्न सक्ने प्रावधान ऐनमा छ। विभिन्न ४ वटा उद्देश्य राखेर यस्तो कोष स्थापनाका लागि ऐनमा व्यवस्था गरिएको छ। सहभागी संस्थाको तरलता कायम राख्न र समस्याग्रस्त सहकारीको बचाउका लागि सापटी दिन, सहभागी संस्था समस्याग्रस्त भएको अवस्थामा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको खर्च व्यहोर्न, समस्याग्रस्त सहकारी संस्था संचालनको जिम्मेवारी महासंघले लिएमा त्यस्ता संस्थाको दायित्व भुक्तानी लगायत पुनः संचालनमा उपयोग गर्न र स्थिरीकरण कोष संचालक समितिको खर्च व्यहोर्न यस कोषको परिकल्पना गरिएको हो।

कोष संचालनका लागि प्रारम्भिक संस्थाका प्रतिनिधि, बचत तथा ऋण विषयगत केन्द्रीय सहकारी संघमा आबद्ध रहेका सहकारी संस्था, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र अर्थ मन्त्रालय को प्रतिनिधि समेत रहनेगरी संचालक समिति गठन गरिनुपर्ने प्रावधान छ।

मापदण्डको अड्चन र विमति 
कोषमा आबद्ध हुँदा धेरै नाफा कमाउने सहकारीले धेरै दायित्व र थोरै नाफा हुने सहकारीले थोरै दायित्व बहन गर्नुपर्ने भएका कारण सहकारीकर्मीको यसमा केहि विमति पनि छ। आर्थिक रुपमा कमजोर सहकारी संस्थाका लागि यस्तो कोषको बढी आवस्यकता हुने भएपनि उनीहरुले बहन गर्नुपर्ने आर्थिक दायित्व भने कम हुने भएपछि यस्तो विमति देखिएको हो।

Xtrem

Xtrem

ऐन बनेको साढे २ वर्षसम्म पनि यो कोष कार्यान्वयनमा आउन सकेको थिएन। नेफ्स्कुन मात्र नभई विषयगत जिल्ला संघहरु र राष्ट्रिय सहकारी महासंघले पनि सहकारी ऐन र नियमावली संशोधनका लागि लबिङ गर्दै आईरहेका छन्। मन्त्रालयले त्यस विषयमा प्रारम्भिक छलफल पनि सकिसकेको छ भने संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा पनि प्रारम्भिक छलफल भइसकको छ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्