Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १०, २०८२ Tue, Mar 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आफ्नै भूमिमा आवतजावत गर्न भारतीय अवरोध

64x64
रासस बुधबार, असार ३१, २०७७  ०८:०५
1140x725

दार्चुला-दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ। विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म पनि भारतीय सुरक्षाकर्मीले जान दिएका छैनन् । 

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ। पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ।

कालापानीसम्म नेपालका सुरक्षाकर्मीले समेत जान पाएका छैनन्। व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। महाकाली नदीको मुहान हेर्न गएका सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले रोकेका हुन् ।

स्थानीयवासी यो क्षेत्रमा अहिले जान सक्ने अवस्था छैन। चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ। यो क्षेत्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पुर्‍याइएको छ । व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाकर्मीले महाकालीको मुहानसम्म जान रोक लगाएका छन् ।

'बिना हतियार त्यहाँसम्म जान दिन आग्रह गर्‍यौँ', ती सुरक्षाकर्मीले भने, 'तर उनीहरुले त्यो ठाउँसम्म जान नपाइने भन्दै रोके ।' नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन्। गस्ती गरेकोबारे उनीहरुले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन् ।

Ncell 2
Ncell 2

कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबी (सशस्त्र सीमा बल) ले रोक्ने गरेको छ । पहिलो घेरामा एसएसबी तैनाथ छन् । प्रहरी निरीक्षक लिलीबहादुर चन्दकाे नेतृत्वमा सशस्त्र प्रहरीकाे गस्ती टोली त्यो क्षेत्रमा जाँदा भारतीय एसएसबीले फर्काएको थियो। माथिल्लो कौवा क्षेत्रसम्म जान पनि स्थानीयवासी अहिले डराउने गरेका छन् । आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रास छ । कालापानी क्षेत्रमा पुगेका दीपक खातीले भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाकर्मीलाई यो क्षेत्रमा आवतजावत गर्न नदिनु दुःखद् भएको बताउछन् ।
 
गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ। तर कुटी देखिँदैन । पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटर भित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन । खाती भन्छन्, 'नयाँ भूमिमा पुग्न त कहाँ हो कहाँ, पुरानै भूगोलसम्म पनि भारतले अवरोध गरेको देख्दा नरमाइलो लाग्छ ।'

छाङ्गरुका स्थानीयवासीका अनुसार काठमाडौँमा राष्ट्रियताको नारा लाग्दा यो क्षेत्रका नागरिकले बढी समस्या झेल्छन् । स्थानीय पुष्कर बोहरा भन्छन्, 'जति काठमाडौँमा राष्ट्रियताको नारा लगाउँदै कालापानी हाम्रो भूमि हो भन्दै जान्छौँ त्यति भारतीय सुरक्षाकर्मीले यो क्षेत्रमा मजबुत उपस्थित जनाउँदै नेपालीलाई यो क्षेत्रमा हिँड्डुल गर्नमा समस्या गर्छ ।'

विगतमा नेपालका सुरक्षाकर्मी र स्थानीय बासिन्दा कालापानी क्षेत्रको दक्षिणी किनारासम्म आवतजावत गर्ने गर्थे । कालापानीमा निर्माण गरिएको काली मन्दिर र महाकालीको नक्कली मुहानसम्म विगतमा छाङ्गरुका स्थानीयवासीसमेत जाने गरेका थिए । कालापानी क्षेत्रको भूगोल र भारतीय सुरक्षा उपस्थितिबारे नेपाली पक्षलाई जानकारी हुन्छ भनेर अवरोध गरिएको बुझाइ छ सुरक्षाकर्मीको । 

    भारतीय सुरक्षाकर्मीले माथिल्लो कौवासम्म आफ्नो नियन्त्रणमा राख्न थालेपछि स्थानीयवासीले नेपालको सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा चाैकी राख्न पटक-पटक माग गर्दै आएका छन् । 'सशस्त्र प्रहरी गागाभन्दा पनि कौवा क्षेत्रमा उपयुक्त हुन्छ भनेर पटक–पटक आग्रह गर्दै आएका छौँ', व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, 'तर सशस्त्र प्रहरी गागामै बस्यो । सशस्त्र प्रहरीका लागि कौवा क्षेत्र उपयुक्त हुन्छ। भारतको गुञ्जीमा तीनवटै सुरक्षा निकायको उपस्थिति छ । तर हामी झण्डै १० किलोमिटर तल गागामा बसेर हुँदैन ।'
 
सशस्त्र प्रहरीले कौवा क्षेत्रमा बिओपी स्थापना गर्ने तयारी गरेको छ । सीमाक्षेत्रको निगरानीका लागि व्यासको कौवा क्षेत्र र तिङ्करमा बिओपी स्थापना गर्ने तथा छाङ्गरुमा गुल्म राख्ने तयारी गरिएको छ । सशस्त्र प्रहरीको भवन निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ हिजो न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार, चैत १०, २०८२
आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्... मंगलबार, चैत १०, २०८२
डोटीमा जिप दुर्घटना, २ जनाको मृत्यु मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेको जिल्ला प्रहरी कार्... मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प मंगलबार, चैत १०, २०८२
नागरिकमैत्री सुरक्षा अभ्यासलाई प्राथमिकता दिन आईजीपी अर्यालको निर्देशन मंगलबार, चैत १०, २०८२
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
नयाँ सांसदहरू नेपालीबाहेकका भाषामा पनि शपथ लिँदै, कसको रोजाइ के सोमबार, चैत ९, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्