ओस्लाे (नर्वे) - नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा भएकाे पाँचौँ जेएसएस रनिङ कप भलिबलकाे उपाधि पुरुषतर्फ नेपाल पाेर्चुगिज समाज (नेपाेज) र महिला तर्फ हेल्पिङ ह्यान्ड फर नेपाल नर्वेले उचालेकाे छ। राजधानी ओस्लाेमा आइतबार सम्पन्न खेलमा महिला र पुरुष तर्फकाे उपविजेता नेपाल जनसम्पर्क समिति नर्वे बनेको छ।
प्रतियोगितामा नर्वे रहेका विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागिता थियाे। प्रतियोगितामा पुरुष तर्फ ९ समूह तथा महिला तर्फ ३ समूहको सहभागिता रहेको थियो ।
नर्वेमा शिक्षा, रोजगारी एवम् विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुबीच खेलकुदका माध्यमबाट व्यक्तिगत तथा सामूहिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्रत्येक वर्ष कार्यक्रम आयोजना हुँदै आएको जनसम्पर्क समिति, नर्वेल भलिवल प्रतियोगिता गर्दै आइरहेकाे छ।
ओस्लोस्थित करिब ५ सयभन्दा बढी नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम कोभिड-१९ नियन्त्रणमा नर्वे सरकारले लागू गरेको नियमलाई पालना गरेर संचालन गरिएको थियो।
पुरुष तर्फ विजेताले ५ हजार नर्वेजियन क्राेनर र उपविजेताले ३ हजार नर्वेजियन क्राेनर साथै मेडल र सिल्ड प्राप्त गरेका छन्। साथै महिला तर्फ विजेता र उपविजेताले क्रमशः २ हजार र १२ सय क्राेनरका साथै मेडल र सिल्ड प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।