काठमाडौं- आज (मंगलबार) ३ वटा अन्तर्राष्ट्रिय कार्गो उडान भएका छन्। पहिलो चरणको उद्धार उडान सकिएसँगै विदेशमा अलपत्र अवस्थामा रहेका नागरिकहरु दुई दिनदेखि ल्याइएको छैन।
बुधबार दोस्रो उद्धार उडानमार्फत् विदेशमा अप्ठ्यारोमा परेका नागरिकहरु स्वदेश फर्काइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। बुधबार विभिन्न ६ वटा अन्तर्राष्ट्रिय उद्धार उडान तय भएको विमानस्थलले जनाएको छ।
युएई, सिंगापुर, मलेसियालगायतका मुलुकबाट विभिन्न ६ वटा उडानमार्फत् अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वदेश ल्याइने उल्लेख गरिएको छ। यो चरणमा विभिन्न ४२ वटा उडानमार्फत् विदेशमा अलपत्र नेपालीहरुको उद्धार गरिने गरी तालिका तय गरिएको हाे।
पहिलो उद्धार उडानमार्फत् खाडी मलेसियालगायत विभिन्न २० भन्दा बढी मुलुकबाट २६ हजार जनाभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।