• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सबैका हुनुपर्ने गोल्छा किन गुटका मात्र भए?

64x64
उत्तम काप्री आइतबार, असार २८, २०७७  १८:३२
1140x725

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को ५४औं वार्षिक साधारणसभा साउनको २६ र २७ गते हुँदैछ। साधारणसभा नजिकिएसँगै महासंघको चुनावी माहोल भने दिनानुदिन पेचिलो बन्दै गइरहेको छ। 

व्यवसायीहरू समूह बनाएरै चुनावी तालमेलमा होमिएका छन्। व्यवसायी किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि महासंघको शक्ति समीकरण पेचिलो र रोचक बन्दै गइरहेको छ। 

चुनावी माहोलसँगै व्यवसायीहरू दुई गुटमा लागेका छन्। वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति नै ३ वर्षपछि महासंघको स्वत:: अध्यक्ष हुने व्यवस्था विद्यमान विधानमा छ। यही व्यवस्थाअनुसार ५१औं साधरणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी शेखर गोल्छा अब अध्यक्ष हुनेछन्। 

गोल्छा अहिले महासंघका वरिष्ठ उपाध्यक्ष हुन्। उनलाई चुनावी मैदामा ओर्लनुपर्ने बाध्यता छैन। अझ उनलाई कुनै समूहलाई साथ दिएर अर्को समूहलाई निषेध गर्ने गरी राजनीति गर्नु पनि आवश्यक देखिँदैन। 

वरिष्ठ उपाध्यक्षका दुवै उम्मेद्वारले प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन्। ढकालको समूहबाट एसोसिएट उपाध्यक्षमा अहिलेसम्म रामचन्द्र सांघाई, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र जिल्ला नगरतर्फ गुणनिधि तिवारी चुवानी मैदानमा आएका छन्। 

वरिष्ठ उपाध्यक्षका एक आकांक्षी किशोर प्रधानका साथमा अबका अध्यक्ष शेखर गोल्छा।

यसैगरी, अर्का प्रतिस्पर्धी प्रधानको समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ चुवानी मैदानमा आएका छन्। 

मैदानमा रहेकामध्ये जस्ले बाजी मारे पनि उनीहरुले गोल्छाकै नेतृत्वमा काम गर्ने हो। अध्यक्ष सुनिश्चित भएका गोल्छाले पनि जो जुन पदमा निर्वाचित भएर आएपनि सँगै लिएर महासंघको नेतृत्व लिनुपर्छ। त्यसमा कुनै दुई मत छैन। 

तर, अध्यक्ष सुनिश्चित भइसकेका व्यवसायी गोल्छा अहिले विभिन्न गुटउपगुट बनाएर कसलाई जिताउने र हराउने भन्ने खेलमा लागेका छन्। उनको यो खेलले महासंघको व्यवसायिक छवि माथि प्रश्न उठेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गोल्छाले सबैलाई मिलाएर लैजान प्रण गर्दै चुनावी मैदानमा रहेको दुई समूहका व्यवसायीलाई सामान व्यवहार गर्नुपर्छ। वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने विधानको मर्म पनि यही हो। तर, गोल्छा भने कुनै एक गुटको पछि लागेर अर्को गुटलाई पेल्ने खेलमा लागेका छन्। 

गोल्छा अहिले आफूसँग नै ५१औं साधरणसभामा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेको प्रधानको चुनावी कमान्डर जस्तै भएका छन्। गोल्छाले ५१औं साधरणसभामा आफ्नै टिमबाट एसोसिएट उपाध्यक्ष बनको व्यवसायी ढकालको विपक्षमा मत माग्दै हिँडिरहेका छन्। 

गोल्छाको व्यवहारमा अहिले व्यवसायी वर्गले नै विरोध गर्दै आएका छन्। व्यवसायी वर्गको एउटै स्वर छ, गोल्छा स्वत: अध्यक्ष हुने भएको कारण कसैलाई काखा र कसैलाई पाखा चेप्न हुँदैन।

व्यवसायी वर्गबाट आउने गरेको आवाज महासंघको छवि सुधार बलियो पक्ष हो। वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल भन्छन्, ‘ मैले निर्वाचन जितेर आएपनि प्रधानले जितेर आएपनि भावी अध्यक्ष गोल्छाज्यू हाम्रो नेतृत्व गर्ने नेतृत्वकर्ता हुन्। उहाँले सबैलाई समानरूपमा व्यवहार गर्नुपर्छ। हामी सबैको लक्ष्य महासंघको बिग्रदो छवि सुधार गर्ने नै हो। जो आएपनि उहाँका लागि समान हुने हो।’ 

Xtrem

Xtrem

वरिष्ठ उपाध्यक्षका अर्का उमेद्वार प्रधान भन्छन्, ‘मैले महासंघमा शेखरलाई उनको कार्याकाल पूर्ण रूपमा सफल बनाउन सहयोग गर्ने बाचा गरेको छु। उहाँले पनि मलाई सहयोग गर्ने बाचा गर्नु भएको छ। उहाँलाई पनि आफ्नो कार्याकाल सफलता पूर्ण पूरा गर्न पनि टिम त चाहिन्छ।’ 

चुनावी मैदानमा रहेका व्यवसायीले आफ्नो जितका लागि रणनीतिमा प्रयोग गर्ने खेलमा भावी अध्यक्ष लाग्न नहुने महासंघकै पूर्वअध्यक्षहरु बताउँछन्। ‘महासंघको निर्वाचनामा दुई समूह हुन थालेपनि नेतृत्व गर्नेलाई सबै साझा व्यक्ति बनाउने नै वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने व्यवस्था गरेको छ,’ एक पूर्व अध्यक्षले भने, ‘तर, यहाँ त साझा व्यक्ति बनाउन खोजिएपनि गुटभन्दा माथि जाने सकेनन्। गोल्छाल पनि वर्तमान अध्यक्ष भवानी राणाकै सिको गर्नु भयो।’

राणाले पनि ५१औं साधारण सभाबाट आफू स्वत: अध्यक्ष हुने अवस्था रहँदारहँदै शेखर गोल्छाको गुटमा रहेकी थिइन्। फेरि आज गोल्छाले पनि त्यही गल्ती दोहोर्‍याएका छन्। यसले महासंघको छवि सुधारमा भन्दा पनि गुटको राजनीतिमा प्रोत्साहन गर्नेछ। 

‘गोल्छाले त ५४औं साधरणसभामा दुवै पक्षलाई सामान व्यवहार गर्नुपर्ने हो,’ एक पूर्व अध्यक्षले भने, ‘उनी त गुटमा पो लागेका छन्। गोल्छा व्यवसायी वर्गका लागि एक डाइनामिक छवि भएका व्यक्ति हुँदाहुँदै पनि किन गुटमा लागे? गोल्छाले गुटमा लागेर हैन, सबैलाई समान व्यवहार गरेर नेतृत्व लिन सक्नुपर्छ।’ 

गोल्छा गुटमा लाग्दा आफूले समर्थन गरेको गुटको भन्दा बाहिरको व्यक्तिहरु महासंघको ५४औं साधारणसभाबाट निर्वाचित भएर आएका अवस्थमा उनलाई नै काम गर्न असहज हुने एक व्यवसायी बताउँछन्। 

गोल्छा गुटमा लाग्नुको ध्येय के? 
व्यवसायी चन्द्रप्रसाद ढकालले पुस ११ गते ‘बाग्लुङ लगानी सम्मेलन’मार्फत् वरिष्ठ उपाध्यक्षमा आफ्नो उमेद्वारी घोषणा गर्दै थिए। उक्त सम्मेलनको महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका र व्यवसायी तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासमेत पुगेको थिए। 

सम्मेलनकै मेसो पारेर व्यवसायी ढकालले गृहजिल्ला बाग्लुङबाटै वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गर्न लागेको र आफूहरुलाई पनि मञ्चमा राख्ने लागको बुझेपछि मुरारका र गोल्छा त्यहाँबाट काठमाडौं फर्केका थिए। 

वरिष्ठ उपाध्यक्षका एक आकांक्षी चन्द्रप्रसाद ढकाल। 

‘चन्द्र सर आफ्नो उम्मेद्वारी घोषणामा मुरारका र गोल्छा पनि सहभागी भइदिउन् भन्ने चाहन्थे तर त्यस्तो भएन,’ बाग्लुङ उद्योग वाणिज्य संघसम्बद्ध एक व्यवसायी भन्छन्, ‘पक्कै पनि यसको अर्थ अलग थियो। पर्दाभित्र नयाँ खिचडी पाकिरहेको छ भन्ने हामीले त्यतिबेलै अनुमान गरेका थियौं।’

ढकालको उम्मेद्वारी घोषणासभामा नबसी काठमाडौं फर्केका गोल्छा अन्ततः ५१औं साधरणसभामा आफैसँगै वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेको किशोर प्रधानको वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा सभामा विराटनगर पुगको थिए। प्रधानको वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषण विराटनगरमा फागुन १ गते भएको थियो। उनी घोषणासभामा उपस्थित मात्रै भएन। उनले प्रधानको पक्षमा खुलेर मत नै मागे। 

वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको उम्मेद्वारी घोषणा सभा अबका अध्यक्ष शेखर गोल्छा (अघल्लो लाइनमा दायाँबाट चौथो)

जसबाट के प्रष्ट हुन्छ भने गोल्छाले प्रधान नै आफ्नो टिम रहेको चिनाएका थिए। त्यसपछि पनि गोल्छाले प्रधानको पक्षमै खुलेर मत माग्न पछि परेनन्। गोल्छा अर्को गुटमा लागेको उदाहरण हो, व्यवसायी चन्द्रप्रसाद ढकालको वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वारी घोषणासभामा उपस्थित नहुनु। 

व्यवसायी ढकालले फागुन १४ गते बुधबार राजधानीको एक होटलमा उम्मेद्वारी घोषणको कार्यक्रम राखेका थिए। तर, गोल्छालाई ढकालले आफैँ निम्तो गरेपनि उनी उपस्थित भएनन्। गोल्छाले गुटमा लागको अर्को उदाहरण प्रधानले खोलेको सम्पर्क कार्यालयको उद्घाटनमा पुग्नु।

प्रधानले असार १६ गते ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको गरेका थिए। चुनानी मैदान नजिकिँदै थियो। तर, कोरोना संक्रमण बढ्दै गएपछि महासंघको कार्यकारी समितिले चैत अन्तिमसाताको लागि तय भएको महासंघको साधरण सभा तत्काल स्गथित गर्ने निर्णय गरेको थिए। 

पछि महासंघले पुनः जेठ ७ र ८ गते महासंघको साधरणसभा गर्ने निर्णय गरेको थियो। उक्त समयमा पनि सरकारले जारी गरेको लकडाउन निरन्तर रहेको कारण स्थगित भएको थियो। अहिले भने साउन २६ र २७ गते जसरी भएपनि महासंघको ५४ साधरण सभा गरेर छाड्ने भन्दै व्यवसायीहरु लागि परेका छन्। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था आएको धेरै भएको छैन। वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाको पहिलो अध्यक्ष भवानी राणा हुन् भने दोस्रो गोल्छा हुँदैछन्। 

तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डे कार्यकाल पूरा नहुँदै पुरानो मुद्दाका कारण बहिर्गमनमा परेसँगै पशुपति मुरारका महासंघको अध्यक्ष बने। उनकै कार्यकालमा भएको विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था कार्यान्वयनमा ल्याइयो। यसपटक यो व्यवस्था हटाउन राजनीति पनि भयो। तर विधान संशोधनको खेल बीचमै रोकियो र गोल्छालाई अध्यक्ष हुने सहज बाटो बन्यो।

प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्