• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
सबैका हुनुपर्ने गोल्छा किन गुटका मात्र भए?
64x64
उत्तम काप्री आइतबार, असार २८, २०७७  १८:३२
1140x725

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को ५४औं वार्षिक साधारणसभा साउनको २६ र २७ गते हुँदैछ। साधारणसभा नजिकिएसँगै महासंघको चुनावी माहोल भने दिनानुदिन पेचिलो बन्दै गइरहेको छ। 

व्यवसायीहरू समूह बनाएरै चुनावी तालमेलमा होमिएका छन्। व्यवसायी किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि महासंघको शक्ति समीकरण पेचिलो र रोचक बन्दै गइरहेको छ। 

चुनावी माहोलसँगै व्यवसायीहरू दुई गुटमा लागेका छन्। वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति नै ३ वर्षपछि महासंघको स्वत:: अध्यक्ष हुने व्यवस्था विद्यमान विधानमा छ। यही व्यवस्थाअनुसार ५१औं साधरणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी शेखर गोल्छा अब अध्यक्ष हुनेछन्। 

गोल्छा अहिले महासंघका वरिष्ठ उपाध्यक्ष हुन्। उनलाई चुनावी मैदामा ओर्लनुपर्ने बाध्यता छैन। अझ उनलाई कुनै समूहलाई साथ दिएर अर्को समूहलाई निषेध गर्ने गरी राजनीति गर्नु पनि आवश्यक देखिँदैन। 

वरिष्ठ उपाध्यक्षका दुवै उम्मेद्वारले प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन्। ढकालको समूहबाट एसोसिएट उपाध्यक्षमा अहिलेसम्म रामचन्द्र सांघाई, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र जिल्ला नगरतर्फ गुणनिधि तिवारी चुवानी मैदानमा आएका छन्। 

वरिष्ठ उपाध्यक्षका एक आकांक्षी किशोर प्रधानका साथमा अबका अध्यक्ष शेखर गोल्छा।

यसैगरी, अर्का प्रतिस्पर्धी प्रधानको समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगतमा अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ चुवानी मैदानमा आएका छन्। 

मैदानमा रहेकामध्ये जस्ले बाजी मारे पनि उनीहरुले गोल्छाकै नेतृत्वमा काम गर्ने हो। अध्यक्ष सुनिश्चित भएका गोल्छाले पनि जो जुन पदमा निर्वाचित भएर आएपनि सँगै लिएर महासंघको नेतृत्व लिनुपर्छ। त्यसमा कुनै दुई मत छैन। 

तर, अध्यक्ष सुनिश्चित भइसकेका व्यवसायी गोल्छा अहिले विभिन्न गुटउपगुट बनाएर कसलाई जिताउने र हराउने भन्ने खेलमा लागेका छन्। उनको यो खेलले महासंघको व्यवसायिक छवि माथि प्रश्न उठेको छ। 

Ncell 2
Ncell 2

गोल्छाले सबैलाई मिलाएर लैजान प्रण गर्दै चुनावी मैदानमा रहेको दुई समूहका व्यवसायीलाई सामान व्यवहार गर्नुपर्छ। वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने विधानको मर्म पनि यही हो। तर, गोल्छा भने कुनै एक गुटको पछि लागेर अर्को गुटलाई पेल्ने खेलमा लागेका छन्। 

गोल्छा अहिले आफूसँग नै ५१औं साधरणसभामा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेको प्रधानको चुनावी कमान्डर जस्तै भएका छन्। गोल्छाले ५१औं साधरणसभामा आफ्नै टिमबाट एसोसिएट उपाध्यक्ष बनको व्यवसायी ढकालको विपक्षमा मत माग्दै हिँडिरहेका छन्। 

गोल्छाको व्यवहारमा अहिले व्यवसायी वर्गले नै विरोध गर्दै आएका छन्। व्यवसायी वर्गको एउटै स्वर छ, गोल्छा स्वत: अध्यक्ष हुने भएको कारण कसैलाई काखा र कसैलाई पाखा चेप्न हुँदैन।

व्यवसायी वर्गबाट आउने गरेको आवाज महासंघको छवि सुधार बलियो पक्ष हो। वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल भन्छन्, ‘ मैले निर्वाचन जितेर आएपनि प्रधानले जितेर आएपनि भावी अध्यक्ष गोल्छाज्यू हाम्रो नेतृत्व गर्ने नेतृत्वकर्ता हुन्। उहाँले सबैलाई समानरूपमा व्यवहार गर्नुपर्छ। हामी सबैको लक्ष्य महासंघको बिग्रदो छवि सुधार गर्ने नै हो। जो आएपनि उहाँका लागि समान हुने हो।’ 

वरिष्ठ उपाध्यक्षका अर्का उमेद्वार प्रधान भन्छन्, ‘मैले महासंघमा शेखरलाई उनको कार्याकाल पूर्ण रूपमा सफल बनाउन सहयोग गर्ने बाचा गरेको छु। उहाँले पनि मलाई सहयोग गर्ने बाचा गर्नु भएको छ। उहाँलाई पनि आफ्नो कार्याकाल सफलता पूर्ण पूरा गर्न पनि टिम त चाहिन्छ।’ 

चुनावी मैदानमा रहेका व्यवसायीले आफ्नो जितका लागि रणनीतिमा प्रयोग गर्ने खेलमा भावी अध्यक्ष लाग्न नहुने महासंघकै पूर्वअध्यक्षहरु बताउँछन्। ‘महासंघको निर्वाचनामा दुई समूह हुन थालेपनि नेतृत्व गर्नेलाई सबै साझा व्यक्ति बनाउने नै वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने व्यवस्था गरेको छ,’ एक पूर्व अध्यक्षले भने, ‘तर, यहाँ त साझा व्यक्ति बनाउन खोजिएपनि गुटभन्दा माथि जाने सकेनन्। गोल्छाल पनि वर्तमान अध्यक्ष भवानी राणाकै सिको गर्नु भयो।’

राणाले पनि ५१औं साधारण सभाबाट आफू स्वत: अध्यक्ष हुने अवस्था रहँदारहँदै शेखर गोल्छाको गुटमा रहेकी थिइन्। फेरि आज गोल्छाले पनि त्यही गल्ती दोहोर्‍याएका छन्। यसले महासंघको छवि सुधारमा भन्दा पनि गुटको राजनीतिमा प्रोत्साहन गर्नेछ। 

‘गोल्छाले त ५४औं साधरणसभामा दुवै पक्षलाई सामान व्यवहार गर्नुपर्ने हो,’ एक पूर्व अध्यक्षले भने, ‘उनी त गुटमा पो लागेका छन्। गोल्छा व्यवसायी वर्गका लागि एक डाइनामिक छवि भएका व्यक्ति हुँदाहुँदै पनि किन गुटमा लागे? गोल्छाले गुटमा लागेर हैन, सबैलाई समान व्यवहार गरेर नेतृत्व लिन सक्नुपर्छ।’ 

गोल्छा गुटमा लाग्दा आफूले समर्थन गरेको गुटको भन्दा बाहिरको व्यक्तिहरु महासंघको ५४औं साधारणसभाबाट निर्वाचित भएर आएका अवस्थमा उनलाई नै काम गर्न असहज हुने एक व्यवसायी बताउँछन्। 

गोल्छा गुटमा लाग्नुको ध्येय के? 
व्यवसायी चन्द्रप्रसाद ढकालले पुस ११ गते ‘बाग्लुङ लगानी सम्मेलन’मार्फत् वरिष्ठ उपाध्यक्षमा आफ्नो उमेद्वारी घोषणा गर्दै थिए। उक्त सम्मेलनको महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका र व्यवसायी तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासमेत पुगेको थिए। 

सम्मेलनकै मेसो पारेर व्यवसायी ढकालले गृहजिल्ला बाग्लुङबाटै वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा गर्न लागेको र आफूहरुलाई पनि मञ्चमा राख्ने लागको बुझेपछि मुरारका र गोल्छा त्यहाँबाट काठमाडौं फर्केका थिए। 

वरिष्ठ उपाध्यक्षका एक आकांक्षी चन्द्रप्रसाद ढकाल। 

‘चन्द्र सर आफ्नो उम्मेद्वारी घोषणामा मुरारका र गोल्छा पनि सहभागी भइदिउन् भन्ने चाहन्थे तर त्यस्तो भएन,’ बाग्लुङ उद्योग वाणिज्य संघसम्बद्ध एक व्यवसायी भन्छन्, ‘पक्कै पनि यसको अर्थ अलग थियो। पर्दाभित्र नयाँ खिचडी पाकिरहेको छ भन्ने हामीले त्यतिबेलै अनुमान गरेका थियौं।’

ढकालको उम्मेद्वारी घोषणासभामा नबसी काठमाडौं फर्केका गोल्छा अन्ततः ५१औं साधरणसभामा आफैसँगै वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेको किशोर प्रधानको वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा सभामा विराटनगर पुगको थिए। प्रधानको वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषण विराटनगरमा फागुन १ गते भएको थियो। उनी घोषणासभामा उपस्थित मात्रै भएन। उनले प्रधानको पक्षमा खुलेर मत नै मागे। 

वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको उम्मेद्वारी घोषणा सभा अबका अध्यक्ष शेखर गोल्छा (अघल्लो लाइनमा दायाँबाट चौथो)

जसबाट के प्रष्ट हुन्छ भने गोल्छाले प्रधान नै आफ्नो टिम रहेको चिनाएका थिए। त्यसपछि पनि गोल्छाले प्रधानको पक्षमै खुलेर मत माग्न पछि परेनन्। गोल्छा अर्को गुटमा लागेको उदाहरण हो, व्यवसायी चन्द्रप्रसाद ढकालको वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वारी घोषणासभामा उपस्थित नहुनु। 

व्यवसायी ढकालले फागुन १४ गते बुधबार राजधानीको एक होटलमा उम्मेद्वारी घोषणको कार्यक्रम राखेका थिए। तर, गोल्छालाई ढकालले आफैँ निम्तो गरेपनि उनी उपस्थित भएनन्। गोल्छाले गुटमा लागको अर्को उदाहरण प्रधानले खोलेको सम्पर्क कार्यालयको उद्घाटनमा पुग्नु।

प्रधानले असार १६ गते ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको गरेका थिए। चुनानी मैदान नजिकिँदै थियो। तर, कोरोना संक्रमण बढ्दै गएपछि महासंघको कार्यकारी समितिले चैत अन्तिमसाताको लागि तय भएको महासंघको साधरण सभा तत्काल स्गथित गर्ने निर्णय गरेको थिए। 

पछि महासंघले पुनः जेठ ७ र ८ गते महासंघको साधरणसभा गर्ने निर्णय गरेको थियो। उक्त समयमा पनि सरकारले जारी गरेको लकडाउन निरन्तर रहेको कारण स्थगित भएको थियो। अहिले भने साउन २६ र २७ गते जसरी भएपनि महासंघको ५४ साधरण सभा गरेर छाड्ने भन्दै व्यवसायीहरु लागि परेका छन्। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था आएको धेरै भएको छैन। वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाको पहिलो अध्यक्ष भवानी राणा हुन् भने दोस्रो गोल्छा हुँदैछन्। 

तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डे कार्यकाल पूरा नहुँदै पुरानो मुद्दाका कारण बहिर्गमनमा परेसँगै पशुपति मुरारका महासंघको अध्यक्ष बने। उनकै कार्यकालमा भएको विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था कार्यान्वयनमा ल्याइयो। यसपटक यो व्यवस्था हटाउन राजनीति पनि भयो। तर विधान संशोधनको खेल बीचमै रोकियो र गोल्छालाई अध्यक्ष हुने सहज बाटो बन्यो।

प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
बजारमा अधिक तरलता कायमै, आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र  बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ ब... आइतबार, असार १५, २०८२
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने त... शनिबार, असार १४, २०८२
गण्डकी प्रदेशको बजेट बहुमतले पारित शुक्रबार बसेको संसद् बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो। शुक्रबार, असार १३, २०८२
ताजा समाचारसबै
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने आइतबार, असार १५, २०८२
मन्त्री गुप्ताद्वारा सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा प्रस्तुत आइतबार, असार १५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना आइतबार, असार १५, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
इन्डोनेसियाविरुद्ध यू–१६ प्रसिद्ध जैसीले बनाए सानदार शतक आइतबार, असार १५, २०८२
आजको मौसमः देशभर बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्