• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारी बेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

64x64
रासस शनिबार, असार २७, २०७७  ०९:१०
1140x725
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको काठमाडौंको गोठाटारस्थित जग्गा अतिक्रमण गरी बनाइएको तेज विनायक माध्यमिक विद्यालय। तस्बिर: सिवी अधिकारी-रासस

काठमाडाैं- पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति/संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन्। 

विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी लाखौँ रुपैयाँ बराबरको बालुवा अवैध तरिकाले निकासी हुने गरेको छ। 

कोषको उक्त जग्गामा एक सरकारी विद्यालय, ३० भन्दा बढी टहरा तथा केही घर अतिक्रमण गरी बनाइएको छ। गुठीका नाममा मन्दिर, धर्मशाला निर्माण गरिएको हो। जग्गाभित्र अहिले विभिन्न घुम्ती पसल, व्यक्तिगत मनोरञ्जनस्थल, सवारीसाधन सिक्ने ठाउँ आदिका नाममा कोषको जग्गा अतिक्रमण भइरहेको छ। उक्त जग्गामा दैनिकरुपमा २५ ट्रकभन्दा बढी बालुवा चोरी हुँदासमेत सम्बन्धित पक्ष बेखबर बनेको छ।

आफ्नो चलअचल सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहतको पशुपति विकास कोषको हो तर, कोषको कार्यलयबाट तीन किलोमिटर दूरीमा रहेको कागेश्वरी मनहरा नगरपालिका–६ मा पर्ने उक्त जग्गाबाट कोषले प्रशस्त आम्दानी लिनसक्ने भए पनि बेवारिसे आवस्थामा छाडिएको छ। कोषको जग्गामा तेजविनायक माध्यमिक विद्यालयले समेत धमाधम भवन निर्माण गरिरहेको छ। व्यक्ति विशेष घर टहरा, दाहालको कूलदेवता मन्दिर, जसले स्थानीयको मनपरि र दादागिरी चलेको पुष्टि गर्छ। तर, कोष भने रमिते मात्र बनेर बसेको पाइएको छ।

राजधानी काठमाडौंको सुगमस्थलमा रहेको कोषको जग्गा आर्थिक उपलब्धि मात्र हैन रमणीय धार्मिक तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्य पनि बन्ने प्रसस्तै आधार रहेको उक्त स्थानमा कोष तथा सरोकारवाला निकायको बेवास्ताले  गर्दा व्यक्ति तथा संस्थाले रजाइ गरिरहेका हुन्।

कोष मातहतका जग्गा चौतर्फी अतिक्रमणमा परिरहँदा कोषले निर्णायक कदम चाल्न सकेको छैन। गत वर्ष कोषले अतिक्रमणमा परेको जग्गा खाली गर्न पत्राचार तथा स्थलगत रुपमा माइकिङ गरेर आग्रह गरे पनि उनीहरुले अटेर गरेको कोषले जनाएको छ। पछिल्लो पटक बन्दाबन्दीको मौका छोपेर नयाँनयाँ टहरा थप्ने र जग्गा अतिक्रमण गर्ने क्रम बढिरहेको देख्न सकिन्छ।

कोषका सदस्यसचिव डा प्रदीप ढकालले अतिक्रमणमा परेको कोषको जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि कोषले काम सुरु गरे पनि प्रभावकारीरुपमा अगाडि बढाउन नसकिएको बताए। 'दैनिक बालुवा चोरी हुने खबर कोषलाई आइरहेको छ, तर सिमानाको यकिन नापचाँज भई तारबार लगाउन नसक्दा यसलाई नियन्त्रण गर्न सकिएको छैन', ढकालले भने। सीमाङ्कनका लागि नापी कार्यालयलाई पत्राचार गरिएको भए पनि हाल काम अघि नबढेको बताइन्छ।

कोषका कोषाध्यक्ष डा मिलन थापाले कोषको जग्गाबाट वार्षिकरुपमा रु ४० देखि ५० लाख मूल्यको बालुवा चोरी निकासी भइरहेको स्वीकार गरे। स्थानीयको अतिक्रमणमा परेको जग्गाको प्रभावकारी व्यवस्थापन हुन नसक्दा कोष निरिह बस्नुपरेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गत पुस २६ गते सो क्षेत्रको स्थलगत निरीक्षण गरी जग्गाको संरक्षणको लागि घेरा पर्खाल लगाउने, सो जग्गामा गौशाला निर्माण, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रवचन केन्द्र, पशुपति अध्ययन केन्द्र-प्रतिष्ठान, अस्पतालसहित समावेश गरी पशुपति ग्राम गुरुयोजना बनाउन निर्देशन दिएका थिए।

मन्त्री भट्टराईले जग्गाभित्र पर्ने सानातिना डाँडा, उपटखापटलाई सम्याएर, पर्यटकीयस्थल, पार्क, अन्य भौतिक संरचना निर्माणका साथै जग्गाको माटो बिक्री गरेर कोषको आम्दानी बढाउन सकिनेसमेत बताए। पर्यटन मन्त्रालय मातहतकै नागरिक उडड्यन प्राधिकरणले अहिले त्रिभुवन विमानस्थल विस्तारको दोस्रो चरणको काम अगाडि बढाइरहेको छ। जसका लागि चिनियाँ निर्माण कम्पनीले ठेक्कासमेत पाइसकेको छ। यसअन्तर्गत उत्तरतर्फको खाल्डो जमिनमा माटो भर्नुपर्ने छ।

कोषको उक्त जग्गाको माटो-बालुवा विमानस्थलको विस्तारको सो काममा लगाउँदा मात्र कोषलाई एक अर्बभन्दा बढी आम्दानी हुने बताइन्छ। त्यसो त, यो जग्गाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ। आयोगले कोषलाई पत्राचार गरी कोषको बृहत्तर हितमा ध्यानमा राखी सो जग्गा प्रयोगमा ल्याउन भनेको छ। 

गुरुयोजनाअन्तर्गत सो जग्गामा पशुपति हिन्दू विश्वविद्यालय, पशुपति स्वास्थ्य केन्द्र, पशुपति वृद्धाश्रम, पशुपति गौशाला निर्माणका साथै पशुपति क्षेत्रका बि–१३ क्षेत्रका बासिन्दाको पुनःस्थापनका लागि योजना बनाइएको छ। कोषले तयार पारेको यो गुरुयोजना मन्त्रालयमा पुगेको छ। मन्त्रिपरिषद्‌बाट पारित भएपछि मात्र कार्यान्वयनको चरणमा जानेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२३१ रोपनी जग्गा नै गायब
कोषका नाममा रहेको २३१ रोपनी जग्गा नै हराएको पाइएको छ। कोषको देशभर रहेको जग्गामध्ये त्यति जग्गा हराएको हो। कोषका कोषाध्यक्ष थापाले उक्त जग्गा खोला, बाटोमा परेको हुनसक्ने बताउँदै खोजी गर्ने काम भइरहेको बताए।

कोषसँग अहिले देशभर १८ हजार ३४२ रोपनी पाँच आना जग्गा छ।
सिवी अधिकारी- रासस

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्