काठमाडौं- ओमानमा कोरोनाका कारण अप्ठ्यारोमा परेका १७९ नेपाली आज (शुक्रबार) स्वदेश फर्किएका छन्। सलाम एयरको क्युभी ४२७ को तेस्रो चार्टर्ड उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्।
स्वदेश फर्किनेमा ३३ महिला, १४६ पुरुष, दुई नाबालकसहित ३ महिने शिशुसमेत रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ। उनीहरु सबै पिसिआर रिपोर्ट नेगेटिभ भएका हुन्।
ओमानबाट यसअघि दुई उडानमार्फत् ३१३ नेपाली स्वदेश फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।