• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

६ वर्षयता सिन्धुपाल्चोकले भोगेका ठूला विपत्ति

आदित्य दाहाल बिहीबार, असार २५, २०७७  १९:३७
1140x725

चौतारा- सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको छ। कहिले जुरे पहिरो, भोटेकोशी बाढी, भूकम्पबाट क्षति त कहिले हवाई दुर्घटना र सडक दुर्घटना सिन्धुपाल्चोकको चिनारी बन्दै गएका छन्। 

विसं २०७१ पछि सिन्धुपाल्चोक जिल्लाले हालसम्म धेरै ठूला प्राकृतिक प्रकोप र दुर्घटनाको सामना गरिरहनु परेको छ। भूकम्प, बाढी, पहिरोजस्ता दुर्घटनामात्रै होइन, पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति पनि सिन्धुपाल्चोककै रहेका छन्। अहिलेको ताजा घटनाको कुरा गर्नुपर्दा गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बुलगायतका ठाउँका दुई दर्जन बढी घर बगाएको छ। १८ जना बेपत्ता भएका छन् भने २ जनाको शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बाह्रबिसे–५ जम्बु बजारका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् भने घर र टहरो गरी दर्जनौँ बढी बगाएको छ। बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरुपमा कटान गरेको छ। खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ। त्यस्तै ठाडो खागदल खोलाले ग्यारेजसहित  एउटा स्कारपियो गाडी, पानी बोक्ने ट्याङ्कर र सडक विभागको पानी बोक्ने ट्रक र बस बगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

माथि उल्लेख गरिएको घटना अहिलेको ताजा अवस्थाको घटना हो। यी यस्तै धेरै प्राकृतिक विपत्तिका घटना तथा ठूला–ठूला दुर्घटना सिन्धुपाल्चोकले वर्षौंअघिदेखि झेल्दै आएको छ। 

जुरे पहिरो 
विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस–५ को इटिनी पहरो फुटेर गएको पहिरोले ३१ जना स्कूले बालबालिकासहित १४५ जनाले ज्यान गुमाउनु परेको थियो। नदी थुनिएपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत गरी १५३ घर पूर्णरूपमा ध्वस्त भएको थियो। 

भोटेकोशी नदी नै थुनिने गरी आएको कहालिलाग्दो पहिरो दुर्घटनामा परी धेरैको आवास गुम्यो, धेरै बेसहारा बने अझै पनि धेरै घाइतेको उपचार र राहत नपाउँदाको गुनासो सकिएको छैन। पहिरोले कतिको घरजग्गा गुम्दा गाउँबाटै पलाएन भए। जुरोको यो ठूलो प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो। 

विसं २०७२ को भूकम्प
गोरखा, बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ साल वैशाख १२ गते शनिबार गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट सिन्धुपाल्चोकमा देशकै सबैभन्दा ठूलो जनधनको क्षति भयो। दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी ३ हजार ५ सय ७१ जनाले ज्यान गुमाए। ८० हजार निजी घर संरचना माटोमै मिले। सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरु भग्नावशेषमा परिणत भए। नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा तङ्ग्रिएको छैन। 

दुई ठूला हेलिकप्टर दुर्घटना 
सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटना हुदाँ १२ जनाको ज्यान गएको थियो। जिल्लाको घोर्थली र यमुनाडाँडामा भएको दुर्घटनामा पाँच जना नेपालीसहित ६ जना अमेरिकी र एक जना डच नागरिकको मृत्यु भएको थियो। घटनाको विवरण यस्तो छ- २०७२ सालको वैशाख १२ गते पछि २९ गते आएको पराकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागि जाँदा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो। नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर यूएच वानवाई ह्यु हराएको चौँथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

शक्तिशाली पराकम्पनपछि ६ जना अमेरिकी र दुई जना नेपाली सेना लिएर मङ्गलबार दिउँसो त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो। त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौंबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको थियो। सो दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्यान गएको थियो।  हेलिकप्टरमा तीन नेपाली र एक डच नागरिक थिए।

तीन महिनामा तीन ठूला सडक दुर्घटना 
घटना नं १ :
 सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो। इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको थियो। एक सय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो। 

घटना नं २ : गत साल कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटेनजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो। शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो। चालकको लापरवाहीका कारण बस दुर्घना भएको भन्दै प्रहरीले प्रतिवेदन निकालेको थियो। 

घटना नं ३ : दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो। दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्रीहरु चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘विगत पाँच वर्षदेखि लगातार यस क्षेत्रमा प्राकृतिक विपत्तिका ठूला घटनाहरु भइरहेका छन्,’ बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले भने, ‘वर्षैपिच्छे हुने घटनाले स्थानीय त्रसित हुने गरेका छन्।’

लगातारको प्राकृतिक विपत्तिबाट हैरानी व्यहोर्दै आएका भोटेकोशी गाउँपालिकाबासीको यतिबेला फेरि सङ्घीय राजधानीसँगको सडक सम्बन्ध टुटेको छ। वर्षा लाग्नसाथ यस क्षेत्रका बासिन्दा सधैं त्रासमा बस्नुपरेको छ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ । आइतबार, कात्तिक ८, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्