• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसका हिमाली जिल्ला सभापतिको प्रश्न- पुसको जाडोमा कसरी अधिवेशन हुन्छ?

64x64
लिलु डुम्रे बिहीबार, असार २५, २०७७  १५:२८
1140x725
कांग्रेस केन्द्रीय समिति बैठक। कांग्रेसले हालै १४औं महाधिवेशनको कार्यतालिका पारित गरेको छ। (फाइल तस्बिर)

काठमाडौं- नेपाली कांग्रेसले सार्वजनिक गरेको १४औं महाधिवेशन कार्यतालिकाको कार्यान्वयनप्रति हिमाली जिल्लाका सभापतिहरूले पश्न उठाएका छन्। असार २२ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनका लागि नयाँ कार्यसमिति सार्वजनिक गरेको थियो।

पूर्वघोषित कार्यतालिका कोभिड-१९ले प्रभावित गरेपछि केन्द्रीय समितिले असार २५ गतेदेखि क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरिएको छ। कार्यतालिका अनुसार पुस महिनामा जिल्लातहका सबै संरचनाको अधिवेशन सम्पन्न हुनेछन्।

हिमाली जिल्लामा पुसको जाडोमा अधिवेशन गर्न कठिन हुने भन्दै जिल्लाका सभापतिहरूले गुनासो  गर्नुका साथै केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्टिसमेत प्रकट गरेका छन्। केन्द्रीय समितिको बैठकमा समेत कतिपय नेताहरूले हिमाली जिल्लामा पुसमा अधिवेशन गर्न सम्भव नहुने धारणा राखेका थिए। नेता अर्जुननरसिंह केसी र प्रदीप पौडेलले मौसम प्रतिकूल हुने भएकाले पुसमा हिमाली जिल्लाको अधिवेशन सम्भव नहुने तर्क गरेका थिए। ‘हिमाली जिल्लामा जाडो महिनामा अधिवेशन गर्न कठिन हुने कुरा केन्द्रीय समिति बैठकमा उठेकै विषय हो,’ नेता केसीले भने, ‘पुसमा अधिवेशन गराउन गाह्रो हुने कुरा मैले पनि उठाएकै हुँ।’

केन्द्रीय समितिले गाउँ/नगरका वडाको अधिवेशन पुस ६ मा सक्ने गरी कार्यतालिका पारित गरेको छ। गाउँ/नगरपालिकाको अधिवेशन भने पुस ८ मा हुने तय गरिएको छ। प्रदेशसभा क्षेत्रीय अधिवेशनका लागि पुस ११ को मिति तय गरिएको छ। 

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस १३ मा गर्ने केन्द्रीय समितिको निर्णयमा उल्लेख छ। यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते जिल्ला अधिवेशन हुने जनाइएको छ। जिल्ला तहका सबै अधिवेशन पुस ६ देखि १६ सम्ममा सक्ने गरी कार्यतालिका बनाइएको छ। 

पुस ६ देखि १६ सम्मको अवधिमा हिमाली जिल्लामा हिउँ पर्ने भएकाले मौसम प्रतिकूल रहने भन्दै जिल्ला सभापतिहरूले असन्तुष्ट व्यक्त गरेका हुन्। ‘हिमाली जिल्लामा अधिवेशन पुसमा गर्न सम्भव नै छैन,’ जुम्लाका जिल्ला सभापति दीपबहादुर शाहीले भने, ‘हिमाली जिल्लामा हिउँ परिरहेको हुन्छ। सम्भव नहुने कार्यतालिका हो।’ जुम्लाका सबै स्थानीय तहमा जाडो महिनामा हिउँ पर्ने भएकाले केन्द्रको निर्णय कार्यान्वयन हुन नसक्ने उनले बताए। मंसिर वा माघमा हुने गरी कार्यतालिका बनाएको भए मौसमी प्रतिकूलताको असर कम हुने उनको भनाइ छ। 

असार २५ गतेदेखि साउन मसान्तसम्मदेखि क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय छुट्याइएको छ। क्रियाशील सदस्यता वितरण र नवीकरणमा समेत मौसमीले प्रभावित पार्ने जिल्ला सभापतिहरूको भनाइ छ। हिमाली जिल्लाका सभापतिहरूको आपसी संवादमा स्थानीय तहको अधिवेशन तोकिएको समयमा हुन नसक्ने ठहर छ। कालिकोट र मुगुका सभापति काठमाडौंमै रहेकाले केन्द्रसँग कुरा गर्न सुझाएको उनले सुनाए। जुम्ला सभापति शाहीले भने, ‘पुसमा अधिवेशन हुन गाह्रो छ। केन्द्रले जबरजस्ती गरे गर्नैपर्‍यो।’ 

कांग्रेस संस्थापन पक्षले महाधिवेशन समयमै गर्न चाहेको देखाउनका लागि मात्र नयाँ कार्यतालिका सार्वजनिक गरिएको आशंकासमेत गरिएको छ। ‘हामीले तोकिएकै मितिमा महाधिवेशन गर्न चाहेकै हौं भन्ने देखाउनका लागि मात्र विरोध हुँदाहुँदै कार्यतालिका पारित गरिएको छ,' संस्थापन पक्ष इतरका एक केन्द्रीय सदस्य भन्छन्, 'कोरोना र मौसमले दिएन भनि महाधिवेशन सार्ने तयारी हो।’

Ncell 2
Ncell 2
nimb
nimb

हिमाली जिल्लाहरूमा ताप्लेजुङ, संङखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा पर्दछन्। साथै, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम(पूर्व) र म्याग्दी पनि हिमाली जिल्लामा पर्दछन्। यीमध्ये केही जिल्लाका केही स्थानमा हिउँ पर्ने र केही जिल्लाका अधिकांश स्थानमा हिउँ पर्ने हुन्छ। 

पुस महिनामा हिमाली जिल्लामा अधिवेशन गर्न समस्या उत्पन्न भए विकल्प खुला गर्नुपर्ने नेताहरूको धारणा छ। ‘संस्थागत रुपमा अगाडि बढ्दै जादाँ अप्ठ्यारो परे, विकल्पहरू खोज्नुपर्छ,'  कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘कार्यान्वयन हुने क्रममा केही हप्ता ढिलो भए समस्या बुझ्नुपर्छ।’ समस्या भएको स्थानमा विकल्प दिएर अधिवेशन प्रभावित नहुने गरी कार्यतालिका कार्यान्वयन हुनुपर्ने उनको धारणा छ। डोल्पा सभापति अंगदकुमार बुढाले केन्द्रीय समितिले मौसम बुझेरै निर्णय गरेको बताए। हिमाली जिल्लामा अधिवेशन गर्न पुसमा प्रतिकूल भए केन्द्रले अन्य विकल्प प्रस्तुत गर्ने उनको आशा छ।

संघीय संरचनाअनुरुपको संगठन संरचना बनाउन निर्वाचन समितिलाई साउन १० सम्मको मिति थपिएको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि बिहीबारदेखि साउनको अन्तिमसम्मको लागि तोकिएको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची तयार गरी केन्द्रमा पठाउने अवधि भदौ महिनाको अन्तिमसम्मलाई छुट्याइएको छ। जिल्लाबाट आएको सूचीमा केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि असोजको १५ सम्मलाई तोकिएको छ। 

केन्द्रीय छानबिन समितिमा परेको उजुरीको जाँचबुझ गरी नामावलीको निर्णय लिन असोज १५ देखि ३० सम्मको समय निर्धारण गरिएको छ। प्रारम्भिक छानबिन समितिले प्रकाशन गरेको नामावलीमा चित्त नबुझे पुनरावेदन गर्न कार्तिक महिनाभरको समय छुट्याइएको छ। नयाँ क्रियाशील सदस्यता र नवीकरणको नामावलीको अन्तिम सूची सभापतिलाई बुझाउन मंसिर १ देखि २५ सम्मको समय निर्धारण गरिएको छ। मंसिरका अन्तिम पाँच दिनमा सभापतिले क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनाइएको छ।

पुसको पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु हुनेछ। पुस ६ बाट सुरु भएको तल्लो तहको अधिवेशन एक महिना लगाएर माघ ६ मा प्रदेश अधिवेशन गरी सकिनेछ। केन्द्रीय महाधिवेशन पूर्व निर्धारित समयअनुसार फागुनको ७ मा सुरु भई १० मा सकिनेछ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १५:२८
  • #कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन यसका लागि गठित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। महामन्त्री एव... आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्र... आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको सामान्य बहस हुनेछ। यस क्रममा विश्वक... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्