काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी एकता भई जनता समाजवादी पार्टी गठन भएको थियो।
आयोगले बुधबार दल दर्ता गर्ने निर्णय गरेको हो। 'दल दर्ता भएको हो', आयुक्त दिनेश थपलियाले भने, 'अब राजपत्रमा प्रकाशन गर्छौं।'
वैशाख १० राति दुई पार्टीबीच एकता भएपछि ११ गते दुई पार्टीका तर्फबाट दल दर्ताका लागि निवेदन दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।