• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २, २०८२ Sun, Oct 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पर्वत पहिरो : श्रीमती र छोराछोरी सम्झिएर पटक-पटक भक्कानिन्छन् विकास

64x64
रासस बुधबार, असार २४, २०७७  १२:४२
1140x725

पर्वत–घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो। धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै थिए।

साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गरे। साँझ ७ बजेको थियो। श्रीमती कमला खेत रोपेर घर आइसकेकी थिइनन्। जेनिशले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएकाले ममि आएपछि भिडियोकल गर्छु भने। 

परिवारसँग दुःखसुखका कुरा गर्ने पर्खाइमा थिए विकास। तर उनको पर्खाइ जीवनभर नफर्किने गरी अस्ताएको छ।  जीवनमा एकाएक बज्रपात भएको छ। 

लामो समय छोराको फोन नआएपछि राति ८ बजेतिर फेरि विकासले फोन गरे। तर फोन लागेन । सोचे-ठूलो पानी परेर स्वीचअफ गरेर सुते होलान्।  घरमा छोराछोरी र श्रीमती, आफू खाडीमा । थिए थुप्रै रहर, सपना अनि गरिएका कल्पनाहरु।

राति ११ बजे उनले सामाजिक सञ्जालमा देखे–पर्वतको दुर्लुङमा पहिरोले दुई घर पुरिएछन् र नौ जना बेपत्ता भएछन्। तुलबहादुर र कमलाको घर पुरिएको भन्ने समाचार पढ्दा पनि उनलाई विश्वास लागेन आफ्नी श्रीमती पनि त्यसमा परिन् भन्ने। किनकि गाउँमा कमला नाम गरेका महिला अरु पनि थिए। त्यतिन्जेलसम्म उनी खाना खाइवरी सुत्ने तयारीमा थिए। त्यत्तिकैमा साथीहरु कोठामा आइपुगे र गाउँमा खासै केही नभएको, अन्य ठाउँमा पहिरो गएको भन्दै सान्त्वना दिन थाले। 

Ncell 2
Ncell 2

पहिरो जान्छ भनेर विकासलाई कल्पना नै थिएन किनकि उक्त ठाउँ दुर्लुङकै फराकिलो र बलियोमध्येको मानिन्थ्यो। त्यहाँ कहिल्यै पहिरो जाँदैन भनेर आठ वर्षअघि जग्गा किनेर घर बनाएका थिए उनले। मनमा धेरै डर, थोरै आशंका पैदा हुँदाहुँदै उनको मनले मानिरहेको थिएन किनकि साथीहरुले विकासलाई मोबाइल हेर्न रोकेका थिए। 

सत्य घटना कतिबेर लुक्थ्यो र १ बिस्तारै आफ्ना साथीहरुको फोन वार्तालापमा उनले थाहा पाए पहिरोमा श्रीमती, छोरा र छोरी पुरिइसकेछन्। विकास एकाएक बेहोस भए। त्यसपछि साथीभाइ र कार्यरत कम्पनीको पहलमा सात दिनमा घर आइपुगे । क्वारेन्टाइनमा बसे। क्वारेन्टाइनको बसाइ पूरा गरेपछि गत शनिबार कोरोना परीक्षणको रिपोर्टसमेत आयो। अनि बाहिर निस्किए। 

क्वारेन्टाइनबाट निस्कनेबित्तिकै उनी आफ्नो पुरिएको घर हेर्न गए। तर हेर्न सकेनन्। फेरि बेहोस भए। अहिले पनि पटक–पटक श्रीमती, छोरा र छोरी सम्झेर भक्कानिएर रुने गर्छन्। 

विकास गत भदौमा एक महिना घर बसेर साउदी फर्किएका थिए।। गत जेठ १५ गते नै घर आउने तयारीमा थिए। तर लकडाउनका कारण रोकिएका थिए। भन्छन्, ‘लकडाउन नभएको भए पनि श्रीमती र छोराछोरीको मुख देख्न पाउने रहेछु, तर के गर्नु दैवले सबै चकनाचुर पारिदियो।’

१२ वर्षभन्दा लामो समय खाडीमा बिताएका ३२ वर्षीय विकास गाउँमै फर्केर केही गर्ने सोचमा थिए। ‘अहिले केही सोच्नै सकेको छैन, छोराछोरी र श्रीमती मरेजस्तै लाग्दैन, ’ उनी भन्छन्। आफू विदेशमा भए पनि दैनिक एक÷डेढ घण्टा छोराछोरीसित कुराकानी गर्ने गरेको उनी बताउछन्। पटक–पटक भक्कानिएका विकासले भने, ‘आखिर जीवन केही पनि रहेनछ।’

त्यस्तै पहिरोमा आमाबाबु र आफैँले जन्माएका छोरा र छोरी गुमाएका मृतक तुलबहादुर थापाका छोरा अमरबहादुर पनि रोएको रोयै गर्छन्। ‘न पालनपोषण गर्ने आमाबाबु रहे, न जन्माएका छोराछोरी नै, जीवनमा यस्तो बज्रपात कसैलाई नपरोस्’, उनले भने, ‘आफू र श्रीमती घरभन्दा २०० मिटर टाढा रहेको पसलमा रहेकाले बाँच्न सफल भएको उनले बताए। 

 गत जेठ ३१ को राति पर्वतको दुर्लुङमा बस्ती माथिबाट आएको पहिरोले पुरिएर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी, नातिनी आठ वर्षीया बिबिशा र नाति १४ वर्षीय सम्राट, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेकको मृत्यु भएको थियो। त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी आठ वर्षीया प्रमिशा र १४ वर्षीय छोरा जेनिशको ज्यान गएको थियो।
 

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्या... शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट यस उपलब्धिपछि कार्यालयले अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता र हौसला मिलेको उनको भनाइ छ । कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो न... शनिबार, कात्तिक १, २०८२
काठमाडौंमा राति ९ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह चाडपर्वको समयमा सम्पत्ति चोरीको सम्भावना अधिक हुने गरेको विगतको घटनाबाट समेत पुष्टि भएको उल्लेख गर्दै सूचनामा घर खाली नहुने गरी चनाख... शनिबार, कात्तिक १, २०८२
ताजा समाचारसबै
एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा शनिबार, कात्तिक १, २०८२
राष्ट्र जोगाउन बृहत वामपन्थी एकता आवश्यक : प्रचण्ड शनिबार, कात्तिक १, २०८२
सात सालपछिकै सबैको सम्पत्ति छानबिन गर्न ओलीको चुनौती शनिबार, कात्तिक १, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
जेनजीका अगुवाहरूलाई प्रचण्डको अपिल- मित्र र दुष्मन छुट्याउनुस् शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्