• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपाको झगडा‍ : दुखद् तर स्वभाविक

64x64
भानु बोखिम मंगलबार, असार २३, २०७७  २३:१३
1140x725

कामरेड केपी शर्मा ओली राष्ट्रवादलाई खुड्किलो बनाएर राजनीतिको शिखरमा पुगे तर त्यहाँ अडिरहन भने सकेनन्। राजनीतिक साख गिर्नुमा उनले अख्तियार गरेको मनभेदको राजनीतिले ठूलो भूमिका खेल्यो। अप्ठ्यारो अवस्थामा ओलीले फेरि राष्ट्रवादको कार्ड त फाले तर नेकपाको द्वन्द्व चरमोत्कर्षमा पुगेको बेला यो कार्डले काम गरेन। 

राष्ट्रवादको आधार देश, काल र परिस्थितिअनुसार फरकफरक हुन सक्छ। राष्ट्रवादको भाष्य निर्माण नै राजनीतिक शक्ति आर्जन गर्नका निम्ति गरिएको हो। यसमा झुट र भ्रमको खेती राम्रै हुन्छ। राष्ट्रवादको कार्ड जनताको समर्थन बटुल्न अचुक अस्त्र देखिएको छ। तर यसले व्यवहारमै परिवर्तन भने बिरलै ल्याउँछ। यसलाई नेपाल मात्र होइन, भारत र अमेरिकामा पछिल्ला वर्षहरुमा विकसित घटनाहरुले प्रमाणित गरिसकेका छन्। अमेरिकामा ट्रम्पले अंगीकार गरेको गोराहरूको अधिपत्यवादी राष्ट्रवाद होस् वा भारतमा मोदीले अंगीकार गरेको हिन्दूवादी राष्ट्रवाद नै किन नहोस्, जनताको आवधिक अनुमोदन लिन राष्ट्रवाद प्रभावकारी सावित भएको छ।

राजनीतिक दलको आन्तरिक झगडा मिलाउन भने राष्ट्रवादको कार्डले काम गर्दैन। यसको ताजा उदाहरण हो, ओलीले आफ्नो अस्तित्व संकटमा परेपछि भारतमाथि साँधेको निसाना। आफूले नक्सा जारी गरेका कारण भारतले प्रधानमन्त्रीबाट हटाउन चाहेको र त्यसमा नेपालका नेताले पनि साथ दिएको आरोप लगाए। यो आरोप ओलीले संकटमोचनका निम्ति प्रहार गरेको अस्त्र थियो तर आफैंतिर फर्कियो। पार्टीमा आफूइतरका नेताले कूटनीतिक सम्बन्धमा आँच आउने काम गरेको र आफ्नै पाटीका नेताहरूलाई विश्वास नगरेको आरोप लगाए। चलिरहेको स्थायी कमिटीको बैठकमा यो कुरा जोडदार रुपले उठ्यो। विकसित घटनाक्रमसंगै नेकपाको द्वन्द्व चरमबिन्दुमा पुगेको छ।

नेकपामा द्वन्द्व जुन रुपले विकसित भएको छ, त्यो लोकतान्त्रिक र सभ्य समाज निर्माणको लागि दुःखद् छ। यसले राजनीतिक अस्थिरता निम्तिने वा राजनीतिको फोहोरी खेल बल्झने सम्भावना प्रबल छ। तर जनताको लागि अप्रिय भनिएपनि नेकपाको झगडा यो रुपमा देखिनु अस्वभाविक भने होइन। यसको निर्माणमा सिद्धान्तभन्दा खास–खास नेताको स्वार्थले बढी काम गरेको थियो। सबभन्दा बढी ती नेताको स्वार्थको काम गरेको थियो, जो अहिले नेकपाको युगल अध्यक्षका रूपमा विराजमान छन्। यी दुई नेता बिचको मनभेद नयाँ होइन।

ओली र प्रचण्डले जनता र आफ्नै कार्यकर्तासँग ठूला सपना बाँडेका थिए। पार्टी एकता ती सपनाको बोझ पनि थियो।

राजनीतिमा मतभेद सामान्य हो तर मनभेद घातक हुन्छ। मनभेदको बाबजुद स्वार्थपूर्तिका निम्ति सिद्धान्तको जलप र राजनीति स्थायित्वको नारा दिएर कम्युनिस्ट चुनावी मोर्चा गठन गरियो। कार्यकर्तामा उत्साह भरेर निर्वाचनमा होमिने यो मोर्चाको लक्ष्य पार्टी एकता गर्ने थियो। निर्वाचन परिणाम तात्कालिन मोर्चाका नेता तथा कार्यकताले अनुमान गरेझै आयो। कम्युनिस्ट पार्टीले पाएको करिव दुई तिहाई मतले कार्यकर्ता र समर्थकमा उत्साह र उर्जा भर्‍यो। वर्षाैंदेखि दुई अध्यक्षबीच चल्दै आएको तिक्तता भने भित्रभित्रै फैलिँदै गयो। जसको चरमरुप अहिले देखिएको छ। 

निर्वाचनमा माओवादी र एमाले एउटा मोर्चाको रुपमा प्रस्तुत भएको थियो। त्यसबेला मोर्चालाई सबल देखाउन ओली र प्रचण्डले जनता र आफ्नै कार्यकर्तासँग ठूला सपना बाँडेका थिए। पार्टी एकता ती सपनाको बोझ पनि थियो। यो बोझमा दुई अध्यक्षको मनको एकता भने कमजोर बन्यो। कम्युनिस्ट सिद्धान्तको जगमा पार्टी एकता गरिएको भन्नु एक कुशल अभिनय मात्र थियो। राजनीतिक स्थायित्वका लागि प्रचण्ड र ओली कति गम्भीर थिए? यो उनीहरुको विगतलाई राम्रोसँग नियाले स्पष्ट भइन्छ। बस्, तत्कालको लागि प्रभावकारी नाराका निम्ति भनिएको थियो राजनीतिक स्थायित्व। जनतालाई राजनीतिक स्थायित्व नभएको कारण विकास र विधिको शासन ओझेलमा पर्‍यो भन्ने लागिरहेको थियो। ओली र प्रचण्ड शक्ति आर्जनका निम्ति जनताको यही मनोविज्ञानलाई उपयोग गर्न सफल भए। 

प्रचण्ड र ओलीले राजनीतिक स्थायित्व चाहेका भए आज शासकीय स्वरुपबारे संविधानमा अर्कै व्यवस्था हुन सक्थ्यो। हामी अहिले संसदीय व्यवस्थामा छौँ। हिजो ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादीले चाहेको भए आज देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुन सक्थ्यो। संविधानसभाको चुनावमा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा अगाडि सारेको थियो। एमालेको एजेन्डा भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री थियो। राष्ट्रपति कि प्रधानमन्त्री भन्ने मतभिन्नता थियो। तर दुवैले प्रत्यक्ष निर्वाचित कार्यकारीको परिकल्पना गरेका थिए। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा तात्कालीन चोथौ ठूलो दल संघीय समाजवादी फोरम पनि थियो। साथै संविधान निर्माणको क्रममा सुझाव संकलन गर्दा धेरैले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सुझाव दिएका पनि थिए। प्रत्यक्ष निर्वाचित कार्यकारीको निम्ति दुईतिहाई पुग्ने सम्भावना र जनताको सुझाव हुँदाहुँदै पनि यी दलहरुले संसदीय व्यवस्था नै रोजे। यसको अर्थ हो कि उनीहरु राजनीतिक स्थायित्वमा उति चिन्तित थिएनन्, जति राजनीतिमा आफ्नो भविष्यलाई लिएर चिन्तित थिए/छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा निर्माणका उद्देश्य कम्युनिस्ट एकता र स्थायित्वका लागि भएको थिएन भन्ने घामझैँ छर्लङ्ग भइसक्यो। नेकपा निर्माणमा अन्य नेताको स्वार्थ थिएन भन्न मिल्दैन। तर प्रमुख स्वार्थ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल उर्फ 'प्रचण्ड'कै हो। केपी ओली नाकाबान्दीताका राष्ट्रवादको भर्‍याङ चढेर लोकप्रियताको शिखरमा थिए। त्यसले उनमा फेरि प्रधानमन्त्री बन्ने सपना जाग्नु स्वभाविक थियो। तर आफूले हासिल गरेको लोकप्रियताले मात्र प्रधानमन्त्रीको पदमा विराजमान हुन सम्भव थिएन। यसको लागि निर्वाचनमा सुविधाजनक बहुमतपनि प्राप्त गर्नु थियो। त्यसको लागि आफूइतरको दलसँग सहकार्य गर्नु जरुरी थियो। उपयुक्त सारथी माओवादी नै थियो। माओवादीसँग केपी ओलीको मन मिल्दैन थियो तर पृष्ठभूमिका हिसाबले दुवै दल सैद्धान्तिक रूपमा एउटै आधारमा टेकका थिए। यही स्वार्थको कारण बारम्बार आफैँले प्रहार गरेको माओवादीसँग ओली र आफूमाथि कडा रबैया अपनाउने एमालेका ओलीसँग प्रचण्ड हात मिलाउन तयार भए। 

राजनीतिमा मतभेद सामान्य हो तर मनभेद घातक हुन्छ।

पहिलो संविधानसभाको परिणाम पछि केही वर्ष माओवादी भ्रमका महलमा रुमल्लिरहेको थियो। उनीहरू जनतासँग हाम्रो विकल्प छैन भनिरहेका थिए। तर संविधानसभाको दोश्रो चुनावमा पहिलोबाट तेश्रो दल बनाएर जनताले विकल्पको परिभाषा सिकाए। त्यसपछि माओवादी रन्थनिएको थियो। तर माओवादीमा फेरि पुरानो लयमा फर्किन सकिन्छ भन्ने आशा मरेको थिएन। स्थानीय तहको निर्वाचन परिणामले माओवादी पहिलेझैँ शक्तिशाली हुने संकेत दिएन। तसर्थ शक्ति आर्जनका लागि अर्काे राजनीतिक दलसँग सहकार्य गर्नु माओवादीको पनि बाध्यता बन्न पुग्यो। कांग्रेससँगको सहकार्य माओवादीका निम्ति फलीफाप हुँदैन भन्ने सन्देश पनि स्थानीय तहको निर्वाचनले दिइसकेको थियो। यसको लागि शक्तिशाली हुन माओवादीले चुनावी तालमेल वा मोर्चाबन्दी गर्नु एमाले नै उपयुक्त सारथी देख्यो। त्यही अनुरुप प्रचण्ड र उनको पार्टी माओवादीले एमालेसँग हात मिलाएको थियो। 

एक पार्टीमा दुई अध्यक्षको व्यवस्था गरेर प्रचण्ड र ओलीले नयाँ इतिहास मात्र रचेनन्, कुनै समय नेपाली कांग्रेसले दुईतिहाई ल्याउँदा चारजना सांसद जित्ने कम्युनिस्ट पार्टीलाई झन्डै दुई तिहाइ नजिकको ऐतिहासिक ठूलो दल बनाए। उही कांग्रेसलाई कमजोर प्रतिपक्ष बनाएर राखी दिए। तर ओली र प्रचण्डभित्र वर्षाैंको घोचपेचको तुस सकिएको थिएन। राजनीतिको देखावटी औपचारिकताले माहौल राम्रो देखिएको थियो तर ओलीको स्वभाव र दुई नेताबीचको सम्बन्धले मिल्ने ठाउँ धेरै दिएको थिएन। यी दुई नेतामा मतभेदभन्दा बढी मनभेदले काम गरेको थियो। मनभेदको राजनीति यति चरम भयो कि नेकपाको जम्बो जेट विशाल पहाडतिर बढिरहेको देखिन्छ। जहाजमा सवार धेरैले दुर्घटना देखिरहेका छन्। झगडामा लिप्त पाइलटहरू भने जहाजको सुरक्षित अवतरण गर्न चिन्तित छैनन्। एकअर्काको हैसियत देखाउने लडाइँमा मग्न छन्। 

कुनै समय प्रचण्डले एमालेभित्र बढी मन नपराइएको पात्र ओली र ओलीले सधैं निसाना साँध्ने प्रचण्ड बीचको मिलन आफैंमा बाध्यकारी थियो। मनबाटै भएको मिलनले जीवनयात्रा सहज बनाउँछ। बाध्यकारी मिलनले जीवनमा अन्यौलता र द्वन्द्व सिर्जना गरिरहन्छ। दुई अध्यक्षको बाध्यकारी मिलनले नेकपाको जीवनमा संकट निम्तिएको छ। नेकपाको भविष्यमा अन्यौलताको बादल मडारिनु सुखद होइन, तर निर्माणको आधार नियाल्ने हो भने यो द्वन्द्व त्यति अस्वभाविक पनि होइन। 

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  २३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्