एजेन्सी- विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ वर्षको उमेरमा सोमबार निधन भएको छ।
चलचित्रका लागि अत्यन्त राम्रा संगीत सृजना गर्ने संगीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए।
गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो। उनले झण्डै ५०० चलचित्रका लागि संगीत सिर्जना गरेका थिए।
कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन्।
‘उहाँलाई हामी सधैं सम्झनेछौं, उहाँ हाम्रो गौरव हो,’ इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भने।
उनको निधनप्रति देशबासी र विश्वभरीका उनका शुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उनको योगदान र क्षमताको स्मरण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।