• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यान्छीको सक्रियता : परराष्ट्र मामलाका जानकारको टिप्पणी- सिधै हस्तक्षेप भयो

64x64
दुर्गा दुलाल सोमबार, असार २२, २०७७  १४:५७
1140x725

काठमाडौं- चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटबारे बहस हुन थालेको छ। परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुले यसलाई नेपाली राजनीतिमा चिनिया हस्तक्षपको रुपमा समेत अर्थ्याएका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद बढ्दै गएको सन्दर्भमा राजदूत यान्छीले आइतबार नेकपाका नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित उनकै निवासमा भेटेकी थिइन्। गत वैशाख नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेलामा पनि यान्छीले सक्रियता देखाएका थिइन्। उनले त्यतिबेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन्। उनको भेटवार्तापछि नेकपा विवाद तत्काललाई शान्त भएको थियो।

विश्लेषकहरुले त्यतिबेलै पनि राजदूतले नेकपा विवाद साम्य बनाएको बताएका थिए। पछिल्लो सक्रियतालाई पनि सोही नेकपा विवाद मिलाउने ध्येयको रुपमा बुझेका छन्।

यान्छीले नेकपाका मुख्य मध्येका एक नेता नेपाललाई भेटेको भोलिपल्टै स्थायी कमिटी बैठक थप दुई दिनलाई स्थगित भएको छ। यसअघि गत बिहीबार बसेको स्थायी कमिटी बैठक शनिबार बस्ने भनिएको थियो। तर सो दिन बैठक नबसी आजलाई स्थगित गरिएको थियो।

यान्छीको भेटअघि आइतबार दिउँसो बालुवाटारमा दुई अध्यक्षका बीचमा भएको छलफल सकारात्मक भएको भनिएको थियो। दोस्रो तहका नेताहरुलाई सहमतिको विकल्प बनाउने जिम्मेवारी दिँदै अध्यक्षद्वयले द्वन्द्व नचर्काउने सहमति गरेका थिए। उनीहरुबीच सोमबार पनि छलफल भएको छ। छलफलको विस्तृत विवरण बाहिर नआए पनि सकारात्मक भएको निकटवर्ती नेताहरुबाट प्रारम्भिक प्रतिक्रिया आएका छन्।

नेता नेपाल नेकपाको विदेश विभाग प्रमुख पनि हुन्। दुवै बीच भएको छलफलको  विस्तृत विवरण भने सार्वजनिक भएका छैनन्। नेकपाका विदेश विभाग उपप्रमुख एवम् नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले दुवै भेटमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको उल्लेख गरेका छन्।

‘विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनकी राजदूत होउ यान्छीले निवासमा भेट भएको छ,’ रिजालले भेटबारे जानकारी दिँदै भने, ‘भेटका अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको छ। अन्य कुरा जानकारी छैन।’

सत्तारुढ नेकपाबीच बढ्तो मतभेदका बीचमा चिनिया राजदूतको नेकपा नेताहरुसँगको सक्रिय राजनीतिक भेटघाटलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन्। नेकपाभित्रको विवाद उत्कर्षमा रहेको समयमा चिनिया राजदूतले देखाएको सक्रियतालाई गलत अभ्यासको रुपमा अर्थ्याउँछन्, परराष्ट्र मामिलाका जानकार डा दिनेश भट्टराई। कूटनीतिज्ञ डा  भट्टराई अहिलेको समय र सन्दर्भका कारण पनि भेटघाट अथपूर्ण रहेको बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘यहाँको स्थायित्वको लागि चीनको चासो र इशारा रहेको यो भेटले बुझिन्छ’, भट्टराईले भने, ‘जब पार्टीमा गडबड हुन्छ अनि चासो र चिन्ता देखिएर दौडधुप गर्नु भनेको आफैंले निर्माण गरिदिएको पार्टीको चिन्ता जस्तो देखियो।’

चीन नेपालको असल छिमेकी र मित्र भए पनि राजदूतको यो गतिविधि गलत भएको उनले बताए। नेपालका पार्टीहरु यहाँका आन्तरिक जहाज भएकाले उनीहरुले त्यसको सञ्चालन गर्नुपर्ने र बाहिर पाइलट आउनु नहुने उनको बुझाई छ।

‘यसरी आन्तरिक मामिलामा प्रभाव पार्नु गलत हो। खुल्लमखुल्ला राजदूत सक्रिय हुनु गलत छ’, उनले भने, ‘हामी अरुको आन्तरिक कुरामा कहिल्यै पनि बोलेका छैनौं र हाम्रो आन्तरिक कुरामा न उत्तर न दक्षिण कसैले पनि खेल्न खोज्नु हुँदैन।’

विगतमा भारतलाई जसरी हामी आलोचना गरिएको थियो, अब चीनको हकमा पनि त्यही हुने भट्टराईको भनाई छ। ‘नेपाल कसैको खेल मैदान बनाउनु हुँदैन। नेताहरुले यो कुरा बुझ्न जरुरी छ’, उनले भने।

भट्टराईले कति दिन चीनले टालटुल पारेर पार्टी जुटिरहने हो भन्ने प्रश्न समेत गरे। ‘राजदूतको अहिलेको सक्रियताले कसले पार्टी बनाइदिएको हो, उसैलाई पीर परेको हो कि भन्ने देखिएको छ’, उनले भने, ‘यहाँ जसरी चलखेल सुरु भएको छ, यो ठीक छैन। कसैले पनि पार्टीभित्रको राजनीतिमा प्रवेश गरेर यसो गर्नु भनेर निर्देशन गर्न मिल्दैन।’

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले यान्छीको सक्रियतालाई फेबिकोलको संज्ञा दिएका छन्। उनले व्यंग्यात्मक ट्विट गर्दै भनेका छन्, ‘कसो नटाँसिएला त?  फेबिकोल नै लाएपछि! हौ कान्छी!!’

राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले केपी ओलीले सरकार गिराउन भारतीय राजदूत सक्रिय भनेको प्रसंग उल्लेख गर्दै ट्विट गरेका छन्- चिनिया राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन्। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन।

प्रम ओली भन्नुहुन्छ-सरकार गिराउन भारतीय राजदुत सक्रिय भए।अर्कोतर्फ चिनिया राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन।के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ?राष्ट्रियता जोगाउन सक्छ?स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन

— Kamal Thapa (@KTnepal) July 6, 2020

नेकपा-सिपीसी सम्बन्धका शृंखला
२०७६ असोजमा काठमाडौंको एक होटलमा चिनिया राष्ट्रपति सि जिनपिंगको नेपाल भ्रमणको पूर्वसन्ध्यामा कम्युनिस्ट पार्टीका नेताले प्रशिक्षण नै लिए। उक्त प्रशिक्षणपछि नेकपा र सिपीसीबीच दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भयो।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौतामा पाँच बुँदा समेटिएका थिए।

२०७७ वैशाख नेकपाको विदेश विभाग र चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागबीच कोभिड-१९ मा केन्द्रित रहेर दुई घण्टा भर्चुअल अन्तरक्रिया भयो। अन्तरक्रियामा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख ताओ सहभागी भएका थिए।

२०७७ असार ५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी(सिपीसी) का नेताहरुबीच देश र पार्टी सञ्चालनबारे भर्चुअल संवाद सम्पन्न भयो।

त्यस्तै नेकपाको स्कूल विभाग र चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा भएको कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी भए भने चिनिया कम्युनिस्ट पार्टी (सिपीसी)का तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी बने।

सामाजिक सञ्जालमा चर्चा
नेकपा विवाद उत्कर्षमा रहेका बेला बढेको यान्छीको सक्रियताको विषयले सामाजिक सञ्जालमा समेत महत्त्व पाएको छ। सामाजिक सञ्जालमा परराष्ट्र सचिवदेखि प्रमुख प्रतिपक्षका नेताहरु लगायतले टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले यान्छी सक्रियतालाई विदेशी हस्तक्षेप भनेका छन्। ‘कांग्रेसको वर्तमान रोडम्याप कांग्रेसकै महाधिवेशन हो। कांग्रेसलाई देखाएर नेकपाका नेताहरुले आपसी झगडा बल्झाउने र एकले अर्कोलाई तर्साउने नगरे हुन्छ। सकेसम्म आफैं मिल्नुस्। नसके चिनिया राजदूतको दौडधूप त चलेकै देख्छु। चिनिया राजदूतको हस्तक्षेपले कामरेडहरुको राष्ट्रियता त दुख्दैन होला नि।’

राप्रपाका नेता मोहन श्रेष्ठ पनि यान्छीको सक्रियता विदेशी हस्तक्षेप भएको टिप्पणी गरे। ‘देशको मामिला होस् वा दलको, विदेशीको प्रवेश हस्तक्षेप नै हो, चाहे चीन होस् वा भारत वा अरु कोही!

त्यस्तै, डा रामेश कोइरालाले चिनियाँ भाषा नबुझ्ने हुनाले राष्ट्रवादमा क्षय त हुन्न नि भन्दै व्यंग्य गरेका छन्। ‘भाषा नै नबुझ्ने हुनाले चिनिया राजदूतसँगको भेटघाटले हाम्रो राष्ट्रवादमा क्षय त हुन्न नि? कि के हो कुरो?,' उनले प्रश्न गरेका छन्।

नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले नेपालका राजनीतिक दल र नेता आफैं मिल्न सक्दैनन् भन्दै प्रश्न गरेका छन्। चिनियाँ राजदूत यान्छी नेकपाको विवाद मिलाइदिन सक्रिय भएको तर्फ संकेत गर्दै उनले ट्विट गरेका छन्।

भारतीय सञ्चारमाध्यमको चासोमा यान्छी
चिनिया राजदूत यान्छीको सक्रियता नेपालभित्र नभई भारतका पनि चर्चा हुने गरेको छ। भारतीय सञ्चार माध्यम र कूटनीतिक वृत्तमा पछिल्लो समय यान्छीको चर्चा भइरहेको छ। बिबिसी हिन्दीदेखि, हिन्दू, आजतक, इन्डियन एक्सप्रेस र द प्रिन्टले यान्छीले नेपालमा देखाएको सक्रियताबारे समाचार प्रकाशन गर्दै आएका छन्। बिबिसी हिन्दी र द प्रिन्टले लामो विश्लेषण नै लेखेर भारतीय कूटनीतिज्ञ कसरी असफल भइरहेका छन् र यान्छी सक्रिय भएकी छन् भनेर प्रमुखताका साथ प्रकाशन गरेका छन्।

नेपाललाई चिनिया खेमामा लैजानका लागि राजदूत यान्छीको भूमिकाका विषयमा नेपाल र भारतीय सञ्चार माध्यममा महत्वपूर्ण कभरेज भइरहेको छ। वरिष्ठ पत्रकार ज्योति मल्होत्राले ‘द प्रिन्ट’मा यही विषयमा एक लेख प्रकाशन गरेका छन्। लेखमा नेपालमा चिनिया राजदूत यान्छीको भूमिकाबारे उनले प्रष्ट पारेका छन्। ‘यान्छीको लोकप्रियता नेपालमा बढिरहेको छ,’ उनले लेखेका छन्, ‘यो उनको कामका कारण भएको हो। नेपाललाई भारतको सांस्कृतिक काखबाट खोसेर चीनतर्फ लैजानमा उनी सफल भएकी छन्।’

भारतीय सञ्चार माध्यमले यान्छीले अपनाएको साइलेन्स डिम्पोलेमसी, नेपालको हरेक चाडपर्वमा र कोभिड १९ को अवसरमा चीनले सहायता गरेको समाग्रीहरुका बारेमा गरेको प्रचारका बारेमा कभरेज गरेका छन्।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको छ। केही स्थानमा भने व... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? दोहामा छोटो समयको बसाइपछि प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्