• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लकडाउन अवधिको शुल्क तिर्न दबाब बढाउँदै निजी विद्यालय, महासंघ पुगे धम्कीसहितका ७ सय उजुरी

64x64
प्रजु पन्त आइतबार, असार २१, २०७७  १९:४०
1140x725

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनभन्दा अघिदेखि नै बन्द भएको सामुदायिक तथा नीजि विद्यालयमा पठनपाठन शुरु गर्नेबारे शिक्षा मन्त्रालय छलफलमै छ। मन्त्रालयले लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयहरूलाई पटक-पटक निर्देशन दिइरहेको छ। केही नीजि विद्यालयले भर्ना नलिए पनि दिनको एकाध घन्टा अनलाइन कक्षा चलाइरहेका छन्।

असार मसान्त आउन लाग्दा निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेको दाबी गर्दै अभिभावकहरुलाई विद्यार्थी भर्ना र तीन महिनाको शुल्क बुझाउन दबाब दिइरहेका छन्। केही विद्यालयले तीन महिनाको शैक्षिक शुल्क मात्रै असुल्ने प्रयास गरिरहेका छन् भने केहीले भर्नालगायतका सबै शीर्षक जोडेर अभिभावकको मोबाइल नम्बरमा म्यासेज गरिरहेका छन्। उनीहरूले म्यासेज पठाउनका लागि भाइबर, फेसबुकलगायतका माध्यमबाट बिल पनि पठाइरहेकै छन्।

निजी विद्यालयतर्फका अभिभावक महासघंका अध्यक्ष सुवास भण्डारीका अनुसार विद्यालय बन्द भएको अवधिको शैक्षिक शुल्क र भर्ना शुल्क चुक्ता गर्न निजी विद्यालयले दबाब दिएको भन्दै महासंघमा ७ सयभन्दा बढी उजुरी आइसकेका छन्। ‘फोन, म्यासेन्जर तथा भाइबरबाट अभिभावकको गुनासो आइरहेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘अहिलेसम्म ७ सयभन्दा बढी अभिभावकले विद्यार्थीको भर्नाशुल्क चुक्ता नगरेको नगरेको भनी उजुरी गरेका छन्। विद्यालयबाट धम्की र दबाब आएको, फी नतिरे अनलाइन कक्षा बन्द गर्ने चेतावनी दिएको र ट्युसन फीबाहेक अन्य शुल्क समेत जोडेर तीन महिनाकै मात्र  एक लाखभन्दा बढी बिल पठाएको लगायतका गुनासोसहितका उजुरी महासंघमा आएका छन्।’ 'अनलाइन कक्षा चै लिने तर शुल्क चै नतिर्ने?' भन्दै धम्कीसमेत आएको दाबी गर्दै महासंघमा थुप्रै उजुरी परेको उनको भनाइ छ। उजुरीका सम्बन्धमा अध्ययन जारी रहेकाले यति नै संख्यामा यस्ता धम्की आएको भन्ने किटान भने गरी नसकिएको उनको भनाइ छ।  

विद्यालयले अधिकतम एक लाखसम्मको बिल पठाएर तत्काल सो शुल्क चुक्ता गर्न दबाब दिइरहेको अभिभावकबाट आएका उजुरीहरुले देखाउँछ। ललितपुरको युलेन्स स्कुलमा आफ्ना सन्तान पढाइरहेका एक अभिभावकका अनुसार विद्यालय बन्द भएको तीन महिनाको मात्र एक लाख रुपैयाँभन्दा बढीको बिल पठाएको छ। उसले लकडाउनमा विद्यालय बन्द भएको तीन महिनाको मासिक ३६ हजारका दरले १ लाख  ८ हजारको बिल पठाएको छ। बिलमा २५ प्रतिशत छुट दिने उल्लेख गरिएको ती अभिभावकले नेपाल लाइभसँग बताए। ‘ट्युसन फी ८ हजार हारहारीको आउँछ। यति तिर्न त ठिकै हुन्थ्यो,’ ती अभिभावकले भने, 'तर ३६ हजार त कसरी तिर्नु? अनलाइन पढाउँदा यत्रो पैसा कसरी खर्च हुन्छ।’

लकडाउनमा विद्यालय बन्द भएको अवस्थामा पनि शुल्क चुक्ता गर्नका लागि ताकेता गर्ने युलेन्स स्कुल मात्र होइन, राजधानीको एलआरआई स्कुलले पनि कक्षागत रुपमा अभिभावकहरुलाई पैसा तिर्न ताकेता गरिरहेको छ। एक अभिभावकका अनुसार कक्षा ६ का लागि भर्ना शुल्क मात्र २५ हजार र तीन माहिनाको मासिक ट्युसन फी ५ हजारका दरले १५ हजारमसेत गरी जम्मा ४० हजार तिर्न दबाब आइरहेको छ।

'लकडाउन भएपछि परिवारसहित गाउँ गएर हालसालै फर्किएको हुँ। यो बीचमा मेरो बच्चा अनलाइन कक्षामा पनि सहभागी भएको छैन,' ती अभिभावकले भने, 'उनीहरुले फोन र म्यासेज गरेर पैसा तिर्न दबाब दिइरहेका छन्। अब के गर्ने अन्यौल भयो।'

एलआरआईको व्यवस्थापनबाट पटकपटक दबाब आएपछि अभिभावक भेला भएर के गर्ने भन्ने निर्णयको तयारी गरिरहेको ती अभिभावकले जानकारी दिए। ललितपुरको सेन्ट जेभिर्यस स्कुलले विद्यालयको एप्समा सूचना हालेर अभिभावकहरूलाई मासिक शुल्क तत्काल चुक्ता गर्न दबाब दिइरहेको छ। उसले भर्ना फी मागेको छैन। विद्यालयको तह अनुसार शैक्षिक शुल्क चुक्ता गर्न राखिएको सूचनामा नाम विद्यालयको छैन।

अभिभावक शिक्षक संघको नाममा आएको सूचनामा कक्षा २ देखि ५ सम्म मासिक ३ हजार एक सय ५० को दरले ९ हजार चार सय ५०, कक्षा ६ देखि ८ सम्म मासिक ३ हजार २ सय ७० को दरले तीन महिनाको ९ हजार ८ सय १० र कक्षा ९ र १० को मासिक ४ हजार ५० को दरले तीन महिनाको १२ हजार १ सय ५० तिर्न आग्रह गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी अभिभावकसँग कुनै पनि किसिमको शुल्क नअशुल्न शिक्षा मन्त्रालयले दिएको निर्देशन उल्लंघन हुने र कारबाही हुन सक्ने भएकाले स्वेच्छिक तवरले विद्यालयको बैंक खातामा पैसा राखिदिन आग्रह गरिएको छ।

यी त केही नाम खुलेका मात्र हुन्। अधिकांश निजी विद्यालयबाट अभिभावकलाई शुल्क बुझाउन बारम्बार ताकेता आइरहेकै छ। केही हप्ता अगाडि निजी विद्यालयका २ संस्था प्याब्सन र एनप्याब्सनले शुल्क बुझाउन सूचना निकालेपछि फोन आउने क्रम बढेको अभिभावकहरूले बताएका छन्।

शुल्क उठाउन पाइदैन : मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार लकडाउन अवधिको कुनै पनि शुल्क विद्यालयले उठाउन पाउँदैनन्। उनले यस विषयमा मन्त्रालय सरोकारवालाहरुसँग छलफलकै चरणमा रहेकाले अहिले कुनै पनि शीर्षकमा शुल्क लिनु गैरकानुनी हुने उल्लेख गरे।

'अहिलेसम्म कुनै पनि शुल्क लिन पाइँदैन,' प्रवक्ता शर्माले भने, 'हामी अभिभावक महासंघ र प्याब्सन एन प्याब्सनका पदधिकारीसँग छलफल गरिरहेका छौँ। सरकारले कुन शीर्षकमा रकम उठाउन पाइने भनी तोकेका छैन।’

Xtrem

Xtrem

सरकारका तर्फबाट ठोस निर्देशन नआए पनि निजी विद्यालयहरू भने शुल्क उठाएरै छोड्ने मुडमा छन्। त्यसका लागि दबाब बढाउन उनीहरुले अनलाइन कक्षा बन्द गर्ने चेतावनी दिने तयारी गरेका छन्। प्याब्सनका महासचिव कुमार घिमिरेका अनुसार आइतबार बेलुकासम्म सरकारले कुनै निर्णय नगरे अनलाइन कक्षा बन्द हुनेछन्।

'हामीले पुरै शुल्क उठाउने भनेका हैनौँ। सरकारलाई अभिभावकको आर्थिकस्तर अनुसार फी बुझाउन निर्देशन दिन अथवा निजी विद्यालयलाई ऋणको व्यवस्था गर्न भनेका थियौँ,' घिमिरेले भने, 'कुनै पनि मागको सम्बोधन नभए अनलाइन कक्षा बन्द गर्नुपर्ने अवस्था आउँछ।’ 

नेपाल अभिभावक महासंघका अध्यक्ष सुवास भण्डारीले निजी विद्यालयले जसरी पनि शुल्क उठाउने नीति लिएका तर अभिभावकले भने लकडाउन अवधिको शुल्क चुक्ता गर्न नसक्ने भन्दै आएका छन्। 'उहाँहरुले जसरी पनि शुल्क लिने भन्नुभएको छ,' भण्डारीले भने, 'धेरै अभिभावकको काम गुमेको छ। कतिपय विद्यार्थी उपत्यकाबाहिर छन्। केही विद्यार्थीले अनलाइन कक्षा लिएका पनि होलान्। तर अनलाइन कक्षा संचालन गर्ने बेलामा कुनै पनि शुल्कको कुरा गरिएन। अहिले आएर लकडाउन अवधिको पनि शुल्क चुक्ता गर्न दबाब दिन मिल्छ?’

एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले निजी विद्यालय चरम आर्थिक संकटमा परेको भन्दै शुल्क उठाउन अभिभावकहरूलाई आग्रह गरिएको बताए। उनले लकडाउन अवधिमा पनि विद्यालयहरूले अनलाइन कक्षा संचालन गरेकाले शुल्क उठाउनका लागि अभिभावकहरूलाई आग्रह गर्नु स्वभाविकै भएको उल्लेख गरे। लकडाउन अवधिको सबै शुल्क उठाउन पाउनुपर्ने आफूहरूको माग समेत नरहेको तर सरकारले के-के मा कसरी उठाउन पाउने नतोक्दा समस्या आएको उनको बुझाइ छ। 

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १९:४०
  • #स्कुल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्