काठमाडौं- विदेशमा अप्ठ्यारोमा परेका १८ हजार २ सय ९३ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्धार गरिएको एनआरएनएले जनाएको छ।
अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङ्कङ्, पाकिस्तान, बहराइन, अमेरिका, बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन्।
यसैबीच विदेशमा निधन भएका ३ सय ५२ शवमध्ये १ सय १५ नेपालीकाे शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी रहेको छ। ती शवमध्ये १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।