एजेन्सी- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई \नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपतिसमक्ष शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा कास्टेक्सलाई नियुक्त गरिएको हो ।
नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूह आउने अनुमान गरिएका थिए। राष्ट्रपतिको सत्ताधारी दल ‘द रिपब्लिक अन द मुभ पार्टी’लाई नगर निर्वाचनमा कुनै पनि प्रमुख सहरमा सफलता मिलेको थिएन।
फिलीप र उनको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजीनामा दिइसकेको छ।
निवर्तमान् प्रधाानमन्त्री फिलिपले राष्ट्रपतिको अनुरोधमा नयाँ सरकार नबन्दासम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको सरकारी कार्यालय, एलिसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
स्थानीय निर्वाचनमा राष्ट्रपतिको दलले पाएकाे अनपेक्षित धक्का र राष्ट्रपतिका सुधारका कार्यक्रमको व्यापक विरोधबारे एक क्षेत्रीय पत्रिकाले लिएको अन्तवार्तामा राष्ट्रपति म्याक्रोँले आफ्नो प्रशासनले आर्थिक, सामाजिक तथा स्वास्थ्य चुनौतीहरूलाई समाधान गरेर अघि बढ्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।