काठमाडौं– लकडाउनका कारण विदेशमा अलपत्र अवस्थामा रहेका ११५ शव स्वदेश ल्याइएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार शुक्रबारसम्म विदेशमा ज्यान गुमाएका ११५ जना युवाको शव स्वदेश ल्याइएको हो।
मलेसियाबाट ३५, साउदीबाट ३२, कतारबाट ३०, युएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ वटा शव ल्याइ मृतकका परिवारलाई बुझाएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १०५ शव अझै व्यवस्थापन गर्न बाँकी छन्। मलेसियामा १९, साउदीमा ५२, कतारमा ७, युएईमा १३, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न मुलुकमा ७ गरी १०५ शव व्यवस्थापन गर्न बाँकी रहेका छन्।
१३२ शव विदेशमै अन्त्येष्टिका लागि परिवारको सहमति प्राप्त भएको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।