भक्तपुर- नेकपाभित्र चर्किएको अन्तरकलह समाधानको सूत्र खोज्न पार्टीका शीर्ष नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बेला भक्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ। सूर्यविनायकमा स्वतन्त्र नागरिकका नाममा प्रदर्शन भएको हो।
सत्ताधारी दल नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा माहौल बन्दै गएपछि ओलीले बिहीबार बेलुका भक्तपुरका सांसद तथा आफूनिकट नेता महेश बस्नेतसहितको टोलीलाई बोलाएर आफ्नो पक्षमा विरोध प्रदर्शन गराउन निर्देशन दिएका थिए।
नेकपामा जारी स्थायी कमिटीको बैठकमा सहभागी अधिकांश नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि आन्तरिक द्वन्द्व बढेको थियो।
पार्टीको बैठक चलिरहेको बेला प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक राखेर संसदको चालु अधिवेशन अन्त्य गराएपछि पार्टी विभाजन गराउन अध्यादेश ल्याउन लागेको आशंका बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।