नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाका बारेमा छलफल गरेका छन्। त्यस अवसरमा कोरोनासँगै दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन्।
कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा अग्रस्थानमा रहेका दुवै देशका शीर्ष नेताहरुले कोरोना भाइरसबाट भइरहेको क्षति न्यूनीकरणका लागि के–के प्रयास भइरहेका छन् भन्ने बारेमा अनुभव आदानप्रदान गरेका थिए।
त्यसैगरी उनीहरुले आगामी दिनमा कोरोनाका लागि र अन्य विषयमा के–कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गरेका थिए।
भारतीय अधिकारीका अनुसार उनीहरुले टेलिफोन कुराकानीका क्रममा यसै वर्ष भारतमा हुने भनिएको वार्षिक सम्मेलनका बारेमा पनि छलफल भएकाे थियाे।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशमा हुने सम्मेलनमा स्वागत गर्न आफू प्रतिक्षारत रहेको बताएको पनि वक्तव्यमा उल्लेख छ।मोदीको भनाइप्रति पुटिनले धन्यवाद दिएका थिए।
कुराकानीका क्रममा संविधान संशोधन गरेर कार्याकाल लम्ब्याउन सफल भएको र संविधान संशोधनको प्रस्तावमा अत्यधिक मत प्राप्त गरेकोप्रति पनि मोदीले पुटिनलाई बधाई दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।