बेइजिङ- दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाकाे मृत्यु भएको छ। सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी वर्षाका कारण अन्य ८ जना बेपत्ता भएको स्थानीय सरकारले बुधबार जानकारी दिएको छ।
यसअघि ती स्थानमा १० जना बेपत्ता भएका थिए। बेपत्तामध्ये दुई जनाको मृत्यु भएको मिआङनिङ काउन्टीले पुष्टि गरेको छ। बाढीका कारण अझै ८ जना बेपत्ता भएका जनाइएको छ।
जुन महिनाको २६ तारिखबाट काउन्टीमा मुसलधारे वर्षा भएको हाे। हाल करिब ५ हजार ६ सय ६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन्।
वर्षाका कारण यहाँ प्रत्यक्ष रुपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ। सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।