काठमाडौं- बुधबार सेयर बजारमा कारोबार सुरु भएको ३५ मिनेटमै दुईपटक पोजेटिभ सर्किट लागेको छ। नेप्सेका अनुसार ६३ दशमलव ०६ अंक अर्थात् ५ प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि बजार बन्द भएको छ।
बुधबार पहिलो सर्किट कारोबार सुरु भएको १३ मिनेटमै लागेको थियो। पहिलो सर्किट लागेपछि २० मिनेट बन्द भएको बजार ११ बजेर ३३ मिनेटमा खुलेको थियो। बजार खुलेको अर्को ३ मिनेटभित्रै दोस्रो सर्किट लागेको हो।
मंगलबार कारोबार सुरु भएको पहिलो २ घण्टा नबित्दै सर्किट लागेर बन्द भएको सेयर बजारमा बुधबार पनि बढ्ने क्रमले निरन्तरता पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।