एजेन्सी- मेजर जनरल निगार जोहर मंगलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेन्ट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छन्।
पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आइएसपिआर) लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, ‘मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नति गरिएको छ।’ पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरले पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाएकी छन्।
जोहर पाकिस्तानको खैबर राज्यकाे स्वावी जिल्ला पञ्जपीरकी स्थायी बासिन्दा हुन्। उनी मेजर जेनरलमा सन् २०१७ मा पदोन्नति हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।