काठमाडौं- एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगमबाट २ करोड ५० लाख अमेरिकी डलर ऋण लिने भएको छ। यससँग सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ।
एनएमबी दुई वर्षको अवधिमा आइएफसीबाट लगातार दुईपटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ। यो वैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुने बैंकले जनाएको छ।
समझदारीमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेबीच हस्ताक्षर सम्पन्न भएको छ।
यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आइपरेको कठिनाइहरूको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागि आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेछ।
अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तीकरणमा सघाउ पुर्याेउन सदुपयोग गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।