• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम प्रदेश सभा बैठक चौथो पटक स्थगित, अन्याेलता हटाउन सरकार गम्भीर नभएकाे आराेप

64x64
शेरबहादुर ऐर मंगलबार, असार १६, २०७७  १८:१२
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशनको बैठक चौथो पटक स्थगित भएको छ। मंगलबार दिउसो ३ बजे आह्वान गरिएको प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हाे।

प्रदेश सभाको बैठक चौथो पटकसम्म स्थगित हुँदा समेत सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमतिका लागि प्रयास गरेको छैन। सुदूरपश्चिम प्रदेश सभाको बैठकमा असार १ गते प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफल कार्यसूची तय गरिएको छ। तर, प्रतिपक्षी दलहरूले तत्काल ‘पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउने काम रोक्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनको उचित व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने’ अडान राख्दै संसद अवरोध गर्दै आएका छन्। प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेट प्रस्तुत भएको १६ दिन भइसक्दा पनि सदनमा छलफल नै अघि बढ्न सकेको छैन।

संसद अवरोधबारे सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलहरूले उठान गरेको विषय सदनसँग सम्बन्धित नरहेको बताए। उनले भने, 'प्रतिपक्षी दलहरूको यो अवरोध प्रदेश सरकारप्रति लक्षित छ। त्यसैले प्रदेश सरकारले छलफल गरेर यसको निकास निकाल्नुपर्छ।' सभामुख थापाले सहमतिका लागि छलफलको समय दिए पनि सरकार र प्रतिपक्षी दलहरूबीच अहिलेसम्म छलफल हुन नसकेको जानकारीमा आएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले सरकारले छलफलका लागि नबोलाएपछि मंगलबार नै कार्य परामर्श समितिको बैठक बोलाएको जानकारी दिए। उनले भने, 'कार्य परामर्श समितिको बैठकमा थप समय माग भएपछि छलफलका लागि समय उपलब्ध गराइएको हो।' उनले बिहीबारसम्म पनि दुबै पक्षबीच सहमति नभए वा अहिलेकै अवस्थामा भए सदनलाई अघि बढाउने प्रक्रियाको थालनी गरिने बताए। प्रदेशको बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ।

प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गरिरहे पनि सरकार भने बजेटमाथिको छलफल अघि बढाउन तथा प्रतिपक्षी दलका मागको सुनुवाई गर्नमा गम्भीर देखिएको छैन। प्रतिपक्षी दलहरूले उठान गरेका विषयहरू  सरकारसँग सम्बन्धित रहेका छन्। प्रतिपक्षी दलहरूले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी योजना र कार्य, अहिलेसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचार आदिमा भएको खर्चको सार्वजनिकीकरण, पिसिआर चेकजाँचको दायरा बढाउनु पर्ने लगायतका मुद्दाहरू उठान गरेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रतिपक्षी दलहरूले गर्दै आएको संसद अवरोधबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सभा सदस्य अम्मरबहादुर साउदले यस विषयमा सरकारले प्रतिपक्षी दलहरूसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताए। उनले भने, 'चार चार पटक संसद बैठक स्थगित हुँदा पनि सरकारले पहल किन गरेको छैन? भन्नेमा हामी पनि अचम्ममा परेका छौं।'

सत्तारुढ नेकपाकै अर्का प्रदेश सभा सदस्यले आफ्नै दलका प्रदेश सभा सदस्यहरूसँग पनि छलफल गर्न नचाहने प्रदेश सरकारले प्रतिपक्षी दलहरूसँग छलफल गर्छ भन्नेमा विश्वस्त नभएको प्रतिक्रिया दिए। उनले भने, 'हाम्रो (नेकपा) संसदीय दलको बैठक त दुःख–दुःख वर्षमा एक चोटी मात्र बस्छ। सरकारसँग केही माग गर्नु परे हामीले व्यक्तिगत रुपमा मन्त्रीसँग भेटेर कुरा गर्नुपर्ने अवस्था छ। सत्तापक्षकै प्रदेश सभा सदस्यहरूसँग छलफल गर्न नचाहने संसदीय दलका नेता, उपनेता, प्रवक्ताहरूले प्रतिपक्षीसँग के छलफल गर्लान्?'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले प्रतिपक्षी दलले उठाएका मागहरू सरकारसँग सम्बन्धित भएपनि अहिलेसम्म छलफलका लागि नबोलाइएको बताए। उनले भने, 'मंगलबार प्रदेश सभा सचिवालयको कार्य परामर्श समितिको बैठक थियो। त्यहाँ छलफलका लागि समय माग गरिएको छ।' उनले सरकार प्रतिपक्षी दलको मागमा गम्भीर नभएको आरोप लगाए।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्