एजेन्सी- फ्रान्सका पूर्व प्रधानमन्त्री फ्रास्वा फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ।
पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो।
फिलोनकी पत्नी पेनेलोपले सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगसहित पेरिसको एक अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेको थियो।
यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा अन्य प्रतिद्वन्द्वीभन्दा निकै अब्बल उम्मेदवारी रहेको मानिएका अर्थात् निर्वाचनमा विजयको बलियो सम्भावना बोकेका फिलोन अभियानबाट पछाडि हटेका थिए।
अदालतले पूर्व प्रधानमन्त्री फिलोनलाई पाँच र पेनिलपलाई तीन वर्ष जेल सजायसहित दुवै जनालाई तीन लाख ७५ हजार यूरो जरिवाना तोकेको छ। साथै गैर–कानूनीरूपमा लिएको उक्त दश लाख यूरो राष्ट्रिय सभालाई फिर्ता गर्न निर्देशन पनि अदालतले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।