काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा ९ जनालाई मनोनयन गरेका छन्।
मनोनित हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्ताैला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) भएको पार्टी प्रेस विज्ञप्तिमा जनाइएको छ।
साथै आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकोमा अध्यक्षत्रयप्रति आभार व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।