चौतारा- पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेततले सिन्धुपाल्चोकबासीका लागि कोरोना परीक्षण गर्न पिसिआर परीक्षण मेसिन उपलब्ध गराउने भएका छन्। पूर्वमन्त्री बस्नेतले बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा रहनेगरी पिसिआर परीक्षण मेसिनको व्यवस्था गर्ने बताएका हुन्।
आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै पूर्वमन्त्री बस्नेतले ‘बेसार पानी खानु, हाछ्यु गर्नु, कोरोना फाल्नु, घरमा बस्नु’ भन्नेजस्ता सरकारी रवैयाबाट कोरोना महामारी व्यवस्थापन र समाधान नहुने हुँदा जनस्तरबाटै सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता देखिएकाले कोरोना परीक्षणको अत्याधुनिक उपकरण यधाशीघ्र व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।