फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिकवादी भ्रष्ट भए खतरापूर्ण हुने बताएका छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले इमान छोडेको भौतिकवादी खतरनाक हुने बताएका हुन्।
६९औं मदन भण्डारी जन्मजयन्तीका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको प्रशंसा गरेका थिए। 'जनताको बहुदलीय व्यवस्थामा थप विशेषता छन्,’ उनले भने। भण्डारीले देश सुहाउँदो नीतिको अबलम्बन गरेको प्रधानमन्त्रीले बताए।
आफ्नो देशको मौलिकता हेरेर कार्यक्रम भण्डारीले बनाएको उनले दाबी गरे। सिद्धान्तको देश अनुकुल हुने बताएका उनले सिद्धान्त पिंजडाबाट मुक्त हुनुपर्ने बताए।
साइकल चढ्ने गरेका भण्डारी चुनावमा शुभेच्छुकले दिएको गाडीमा हिँड्दा विरोध भएको प्रधानमन्त्री ओलीले स्मरण गरे। उनले भने, ‘देशभर पोस्टर टाँसिए। दरबारसँग जोडे। राजाले दिएर रातो गाडीमा हिँडेको आरोप लगाए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।