कैलाली–नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ६ कार्यकर्ता धनगढीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई पक्राउ गरेको हो।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले धनगढी उपमहानगरपालिका १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेमा विप्लवनिकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु बबरजंग सिंहसहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेको प्रहरी उपरीक्षक जबराले बताए।
उनीहरुलाई शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ भने केहीलाई पूराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।