काठमाडौं-लोकसेवा आयोगले लिएको नेपाल बैंकको छैटौँ तह (अधिकृतसरह)को परीक्षामा १४३ जना उत्तीर्ण भएका छन्। आयोगले लिएको लिखित परीक्षामा सहभागी भएका १२२७ मध्ये उनीहरू उत्तीर्ण भएका हुन्।
लिखित परीक्षामा उत्तीर्ण भएका उनीहरूको अन्तर्वार्ता हुन बाँकी छ।
लोकसेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ ६९ जना, महिला १९, आदिवासी जनजाति १६, मधेसी १२, दलित ५, अपांग ३ जना र पिछडिएको क्षेत्रतर्फ २ जनाको सिट छुट्याउँदै विज्ञापन गरिएको थियो।
यसमध्ये ८५ जना खुलातर्फ उत्तीर्ण भएका छन्। महिलातर्फ ६३ जना, आदिवासी जनजाति ३३ जना, मधेसी १७, दलित १, अपांग ३ जना र पिछडिएको क्षेत्रतर्फ ३ जना उत्तीर्ण भएका छन्। दलित कोटामा मागअनुसार उम्मेदवार उत्तीर्ण भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।