काठमाडौं-सुनको मूल्य फेरि बढेको छ। आइतबार सुनको भाउ ७ सय रूपैयाँले बढेर फेरि प्रतितोला ९१ हजारभन्दा माथि पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३ सय रूपैयाँ तोकिएको छ। यसअघि शुक्रबार ९० हजार ६ सय रूपैयाँ तोकिएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर प्रतितोला ९४५ रूपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।