काठमाडौं– यसअघि नै जर्मन बुन्डेस लिगा फुटबलको च्याम्पियन बनेको बायर्न म्युनिखले आफ्नो अन्तिम खेलमा वोल्फ्सबर्गलाई पराजित गरेको छ।
शनिबार राति यो सिजनको अन्तिम खेलमा बायर्नले वोल्फ्सबर्गलाई ४–० गोल अन्तरले पराजित गरेको हो। च्याम्पियन बायर्नलाई जित दिलाउन किङ्सलेय कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले समान १–१ गोल गरे।
चौथो मिनेटमा नै कोम्यानले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। ३७औं मिनेटमा माइकलले गोल गर्दै २–० गोलको अग्रता दिलाए। ७१औं मिनेटमा जोसुवा गुइलाभोगुईले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो। ७२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा ७९औं मिनेटमा मुलरले अर्को गोल थप्दै अन्तिम खेलमा बायर्नलाई ४–० गोलको जित दिलाए।
जितसँगै बायर्नले बुन्डेस लिगाको ट्रफि उचालेको छ। ३४ खेलबाट ८२ अंक जोड्दै बायर्नले लिग सकाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।