धनगढी- कैलालीको धनगढीस्थित सुत्केरी महिलाहरुलाई राहत वितरण गरिएको छ। मिथिला वाइल्डलाइफ ट्रष्ट र भोरको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेश नेपाल जनस्वास्थ्य संघ (नेफा)ले पोषण कोसेली वितरण कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकाभित्र रहेका सुत्केरीलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो।
धनगढी उपमहानगरपालिका- १२ ‘डी’ गाउँ, ‘ए’ गाउँ, सिद्धार्थनगर र वडा नम्बर ७ का बेली र पटेलाका ५२ जना विपन्न गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरिएको नेफेजका सहसचिव अशोक जोशीले जानकारी दिए।
उनका अनुसार प्रतिमहिला १६ केजी चामल, एक/एक केजी मास र मसुरोको दाल, एक केजी चना, एक/एक प्याकेट नुन र तेल, सोयाविन, १५ वटा अण्डा, १० मास्क र दुई/दुई सावुन वितरण गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।