• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नीतिगत सुधार भए निर्माण क्षेत्रमा उल्लेख्य रोजगारी

64x64
रासस शनिबार, असार १३, २०७७  १५:५३
1140x725

काठमाडौं- सरकारले आन्तरिक रुपमा वातावरण बनाइदिएको खण्डमा नेपालको निर्माण क्षेत्रमा नै उल्लेख्य रोजगारी दिन सकिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार लकडाउन पूर्व निर्माण क्षेत्रमा कूल १५ लाख बराबरले काम गरिरहेका थिए। त्यसमा नेपाली कामदारको सङ्ख्या १० लाख र बाँकी भारतीय मजदुर थिए। कोरोनाले धेरै जसो भौतिक निर्माणका काम बन्दप्रायः भएपनि केही आयोजनाको काम भने भइरहेको छ। सरकारले देशभित्रै केही तालिम तथा क्षमता विकासको क्षेत्रमा काम गरिदिए निर्माण क्षेत्रमा ३० लाखलाई सहजै रुपमा रोजगारी दिन सकिने महासंघका अध्यक्ष रवि सिंह बताउँछन्। 

‘सुशासनको प्रत्याभूति, खरिद ऐनको व्यवहारिक व्यवस्था गरिए ३० लाख रोजगारी सिर्जना गर्न सकिन्छ। त्यसका लागि आयोजना छनोटमा विशेष ध्यान दिनुपर्छ। यस्तै नेपाली निर्माण कम्पनीलाई मर्जरको ढोका खोलिदिनुपर्छ,’ उनले भने। कोरोनाले स्वदेश फर्किएकालाई क्षमता विकासको क्षेत्रमा केही लगानी गर्न सकिए उनीहरुलाई काम दिन सकिने अध्यक्ष सिंहको भनाइ छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको श्रव्य दृश्य अन्तरक्रियामा अध्यक्ष सिंहले कोरोनाले भारत फर्किएका मजदुर नेपाल आउन नसक्ने भएकाले उनीहरुको स्थानमा तत्कालै पाँच लाखलाई रोजगारी दिन सकिने बताए। 

सरकारले भौतिक पूर्वाधारको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको र सोहीअनुसारको काम गरिरहेको सन्दर्भमा दक्ष श्रमिकको माग बढ्दै गएको छ।

सडक, जलविद्युत्, घर तथा आवास निर्माण, तथा अन्य भौतिक निर्माणमा अदक्षदेखि दक्ष श्रमिकको ठूलो माग छ। विशेषगरी खाडी क्षेत्रमा पुगेका अदक्ष श्रमिकले कमाउनेभन्दा राम्रो कमाइ देशभित्रै हुन सक्ने भएकाले सरकारले क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। 

कृषिपछिको रोजगारी दिने प्रमुख क्षेत्र पूर्वाधार नै भएको उल्लेख गर्दै उनले कोरोनाका कारण यस वर्षको प्रमुख निर्माण अवधिमा नै काम गर्न नपाएको गुनासो गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

देशभर करिब १७ हजार निर्माण कम्पनी कार्यरत रहेको जानकारी दिँदै उनले सीप र प्रविधि सिकेर विदेशबाट फर्किएका कामदारलाई रोजगारी दिन कुनै समस्या नरहेको बताए। ‘कोभिडले भारतीय मजदुर फर्केकोले उनीहरू आउने अवस्था छैन। त्यसलाई हामीले अवसरको रुपमा लिनुपर्छ। अन्य पेशाबाट विस्थापित भएकालाई पनि हामी काम दिन सक्छौं,’ अध्यक्ष सिंहले भने।  

निर्माण क्षेत्रमा भएका निर्माण कम्पनीले मात्रै ‘होल्ड’ गरेको भन्दै उनले सार्वजनिक खरिद ऐनको व्यावहारिक संशोधन गरिए नेपालको भौतिक पूर्वाधारले एकाध वर्षमा नै ठूलो फड्को मार्ने उनले बताए। उनले स्थानीय तहमा नै ५ करोड बराबरको कामलाई स्थानीय कामदारलाई नै काम दिने वातावरण बनाउन सरकारलाई सुझाव समेत दिए। ‘कोरोनाका कारण जिल्ला र गाँउमा फर्केका दाजु भाइलाई त्यहीँ नै ५ करोडसम्मको काम स्थानीय स्तरमा नै प्रतिस्पर्धा गर्ने, जिल्लाभित्रै काम गर्ने वातावरण बनोस्,’ उनले भने‚ ‘कोभिडले एक स्थानबाट अर्को स्थानमा जाने अवस्था छैन। अब स्थानीय तहले वा जिल्लाले पनि यसमा ध्यान दिनुपर्छ।’

‘यस विषयमा सरकारले विशेष सार्वजनिक खरीद ऐनमा, प्रतिस्पर्धा गर्ने वातावरण होस्, हामीलाई मागिने १ अर्ब रूपैयाँको काम गर्नलाई ८० प्रतिशत बराबरको अनुभव खोजिन्छ। चालु आवमा निर्माण क्षेत्रमा सरकारी र निजी गरी कूल आठ खर्ब रूपैयाँ बराबरको काम भएपनि कोरोनाका कारण तीन खर्बमा नै सीमित छ,’ उनले भने। 

कोरोनाका कारण सरकारको पूँजीगत खर्च समेत असाध्यै कम भएको भन्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि सरकारले खुल्ला हृदयले काम गर्नुपर्ने बताए। उनले गत आवमा पूँजीगत खर्च ७० प्रतिशतको हाराहारीमा भएको भएपनि यस वर्ष ४० प्रतिशतको हाराहारीमा मात्रै हुने सम्भवना रहेकोले आगामी आवको सुरुवातीदेखि नै काम गर्ने सहज वातावरण बनाइदिन सरकारको ध्यानकर्षण गराए। 

विगतमा नेपाली कम्पनीले काम गर्ने मौका नपाएको भएपनि पछिल्ला दिनमा नेपाली निर्माण कम्पनी नै सक्षम हुँदै आएको तथ्य पेश गर्दै एक अर्बमाथिका काममा विदेशी ल्याउनुपर्ने प्रावधानलाई तीन अर्ब रूपैयाँमाथि पुर्‍याउन समेत सिंहले सुझाव दिए। नेपालको निर्माण क्षेत्रको सबैभन्दा ठूलो समस्याका रुपमा नदीजन्य सामग्रीको उत्खनन् नै रहेको भन्दै अध्यक्ष सिंहले तस्करीको शैलीमा सामग्री ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। 

‘के कति ल्याउने, कर के कति तिर्ने स्पष्ट व्यवस्था हुनुपर्छ। डण्डी सिमेन्ट ढुवानी गरे जसरी सामग्री ढुवानीको वातावरण बनाउनुपर्छ। नदी तथा खानीजन्य निर्माण सामग्री सहज रुपमा प्रयोग गर्ने अवस्था आउनुपर्छ,’ उनले भने। पूर्वाधार क्षेत्रलाई पुनः पुरानै लयमा फर्काउनका लागि बैंक तथा वित्तीय संस्थाले ब्याजमा सहुलियत दिनुपर्ने, ब्याज तिर्ने समय सीमा बढाउनुपर्ने महासंघको भनाइ छ। 

अध्यक्ष सिंहले भने‚ ‘सरकारले हाम्रो पाँच प्रतिशत नगद ‘रिटेन्सन’ गरिएको छ। त्यो रकम मात्रै २५ अर्ब रूपैयाँ बढी छ। सरकारी कोषमा  त्यो रकम निष्क्रिय रहेको छ। त्यसलाई परिचालन गर्न सकिन्छ।’ नेपाली निर्माण व्यवसायीको क्षमता विकास गर्न निर्माण कम्पनीहरु एक आपसमा गाभिन पनि दिनुपर्ने उल्लेख गर्दै उनले त्यसबाट आर्थिक, प्राविधिक रुपमा समेत बलियो हुने बताए।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लगातार दोस्रो जितको खोजिमा नेपाल बुधबार, भदौ १०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, कोशी र बागमतीसहितका क्षेत्रमा भारी वर्षाको सम्भावना बुधबार, भदौ १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ १०, २०८३
प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ आज दिने बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्