• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बजेटमाथिको छलफल ‘डाइभर्ट’ गर्दै प्रतिपक्षी

64x64
शेरबहादुर ऐर शनिबार, असार १३, २०७७  ११:२१
1140x725

धनगढी-सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनका पछिल्ला दुई बैठक लगातार अवरोध भइसकेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले कोरोना रोकथाम र नियन्त्रणका लागि ‘पिसीआर चेकजाँचको दायरा’ बढाउन माग गर्दै प्रदेश सभाको बैठक अवरोध गरिरहेका छन्। 

प्रतिपक्षी दलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन। बजेटमाथिको छलफल सुरु हुनुअघि नै प्रतिपक्षी दलहरुले बैठक अवरोध गर्न लागेपछि सत्तारुढ नेकपाका प्रदेश सभा सदस्यहरु रुष्ट देखिन थालेका छन् । 

सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले प्रतिपक्षी दलहरुले कार्यसूचीभन्दा पनि बाहिरको विषयलाई ल्याएर बैठक अवरोध गर्न नहुने बताइन्। ‘प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले बजेटमाथि असन्तुष्टि जनाएर बैठक अवरोध गर्नु जायज थियो। कोरोना नियन्त्रणका लागि बजेट छुट्याएन भनेर पनि विरोध गर्न सकिन्थ्यो’ उनले भनिन्, ‘तर, बाहिरको विषय ल्याएर बैठक नै चल्न नदिनु प्रतिपक्षी दलको गल्ती हो ।

उनले प्रतिपक्षी दलहरुले प्रदेश सभा बैठकको विषयवस्तु ‘इस्यु’ लाई ‘डाइभर्ट’ गर्न खोजिरहेको दाबी गरिन् । उनले भनिन्, ‘प्रतिपक्षी दलहरु आफना एजेण्डा के हुन् भन्ने विषयमा नै ‘कन्फ्यूज’ छ जस्तो लागिरहेको छ ।’

उनले प्रतिपक्षी दलले बजेटमाथिको छलफललाई अघि बढ्न दिनुपर्ने बताइन्। सांसद जोशीले भनिन्, ‘संसद सचिवालयको परामर्श समितिमा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरु पनि हुनुहुन्छ, तर त्यहाँ केही भन्नुहुन्न । प्रदेश सभा बैठक सुरु नहुँदै ड्यांग.. ड्यांग... गरी अवरोध गर्नुहुन्छ ।’

सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य अम्मरबहादुर साउँदले पनि प्रतिपक्षी दलहरुले बजेटमाथिको छलफल अघि बढन दिनुपर्ने सुझाव दिए। ‘हामीले त प्रतिपक्षी दलहरुले बजेटप्रति आपत्ती जनाएर प्रदेश सभा बैठक अवरोध गरेको जस्तो लागिरहेको थियो’ उनले भने, ‘जब सभामुखले अवरोधको कारणबारे धारणा राख्न दिए, तब थाहा भयो अवरोधको कारण बजेट नभएर अरु कुरा रहेछ । 

कार्यसूचीभन्दा फरक कुरामा विरोध

सुदूरपश्चिम प्रदेश सभाको छैटौं अधिवेशनको १५ औं बैठकमा प्रदेशको आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत भयो। बजेट प्रस्तुत भएको १२ दिन भइसक्दा पनि छलफल अघि बढन सकेको छैन ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले बजेटभन्दा पनि बाहिरको विषयमा लगातार दुई पटक प्रदेश सभा बैठक अवरोध गरिसकेका छन्। प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले सरकारले पिसीआर चेकजाँचको दायरा बढाउन नसकेको भन्दै बैठक अघि बढन दिइरहेका छैनन्। असार १० गते बोलाइएको बैठकमा अवरोध गर्नुको कारणबारे जानकारी दिँदै प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. रणबहादुर रावलले भने, ‘सरकारको उपस्थिति छैन। क्वारेन्टाइनको अवस्था दयनीय छ। सरकारले चाहिँ यो ग¥या छु, त्यो ग¥या छु भनेर ठूला भाषण ठोके पनि जनताको पक्षमा एउटा पनि काम नभएको हुँदा हामी प्रदेश सभा सदस्यहरूले जनताको सुरक्षा, स्वास्थ्य लगायतका सवालमा सदनमा जनताको आवाज बुलन्द गर्न अवरोध गरेका हौं ।’

उनले एम्बुलेन्स खरिद, अल्ट्रासाउण्ड खरिद लगायतमा आर्थिक अनियमितता र अहिले कोरोना भाइरसको नाममा भएका खर्चहरूको विवरण पेश गर्न पनि माग गरे।

अन्योलमा बजेट
असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गरे। बजेट प्रस्तुत भएको आठ दिनसम्म रातो किताब नआउँदा छलफल अघि बढ्न सकेन।

सुदूरपश्चिम प्रदेश सभा बैठक असार ८ गते आह्वान गरिएको थियो। असार ८ गतेको बैठकमा बजेटमाथिको छलफलले प्रवेश पाउन सकेन । असार ८ गतेको बैठकमा ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेश भई पारित भएको थियो ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विधेयक पारित भएपछि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले ‘असार १० गते बैठक’ आह्वान गरे । असार १० गते आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको सामान्य छलफल गरिने कार्यतालिका थियो। असार १० गते बिहान ८ बजे बोलाइएको बैठक नौ मिनेट पनि सञ्चालन हुन सकेन। कारण थियो, ‘प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीको मौन विरोध ।

सभामुख थापाले ‘बैठकको कामकारबाही प्रारम्भ हुन्छ’ भनी घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरु आ–आफनो सिटबाट उठेर मौनताका साथ खडा भए । सभामुख थापाले अनुरोध गर्दै भने, ‘बजेटमाथिको छलफल प्रारम्भ हुने भएकाले यसको सुरुवात हुन बाँकी छ। त्यो हुने भएकाले पहिलो दिनमा केही आफनो कुरा राख्नु छ भने त्यहाँ हामी राखौला। आजको बैठक सञ्चालन गर्नका लागि समय उपलब्ध गराइदिन हुन म अनुरोध गर्दछु र आफनो आसनग्रहण गरिदिन हुन माननीय सदस्यहरुसंग म अनुरोध गर्दछु ।’ 

प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले विरोध जारी राखेपछि बैठक असार १२ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो।

असार १२ गते शुक्रबार पनि बजेटमाथिको छलफलले प्रवेश पाउन सकेन। बैठक सञ्चालन गर्नुअघि नै प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले सिटमा उभिएर मौन विरोध गर्दा बैठक असार १४ गते आइतबार दिनको ३ बजेसम्मका लागि स्थगित भएको सभामुख थापाले घोषणा गरे।

बजेटमाथिको छलफल छोटिने सम्भावना
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को यो चौथो बजेट हो। अल्पकालीन बजेट आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष ०७६/७७ को बजेट सुदूरपश्चिम प्रदेश सरकारले ल्याइसकेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले तेस्रो पटकसम्म बजेट ल्याउँदा हतारमै पारित गर्नुपर्ने अवस्था थियो। यस वर्ष बजेटमाथिको छलफलको दायरा बढाउने कार्यतालिका निर्माण गरिएको एक प्रदेश सभा सदस्यले बताए। उनले भने, ‘यो वर्ष बजेटमाथिको छलफललाई व्यापक बनाउने कार्यतालिका बनाइएको थियो, तर प्रतिपक्षी दलका कारण अझै हतारमै पारित गर्नुपर्ने अवस्था आउलाजस्तो छ ।’

सुदूरपश्चिम प्रदेश सभामा तीन पटक बजेट प्रस्तुत गर्दा पनि मन्त्रालयगत छलफल भएका छैनन्। यस वर्ष बजेटमाथिको छलफल प्रत्येक मन्त्रालयसँग दुई/दुई दिन र प्रदेश सभामा दुई दिन भनी कार्यसूची बनाइएको थियो। बजेटमाथिको छलफलका क्रममा सवाल–जवाफ पनि गर्न मिल्ने व्यवस्था बनाइएको थियो।

सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले भनिन्,‘यसरी नै अवरोध भइरह्यो भने हामीले पुनः हतारमै बजेट पारित गर्नुपर्ने अवस्था आउँछ जस्तो छ ।’

उनले विगतमा पनि लामो समय बजेटप्रति अवरोध भएको र अन्ततः ‘भद्र सहमति’ पछि अन्तिम समयमा छलफल छोट्याएर पारित गर्नुपरेको स्मरण गरिन्।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्