काठमाडौं-नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकले सम्पर्क गर्दा पैसा नलाग्ने टेलिफोन नम्बर (टोल-फ्रि) नम्बरको व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकललाई निर्देशन दिएको छ।
ग्राहकको समस्या तोकिएको समयभित्र समाधान गर्नुपर्ने तथा सेवाग्राहीको सपोर्ट र मेन्टेनेन्स तथा सेवासम्बन्धी गुनासो समाधान गर्नुपर्ने भएकाले त्यसका लागि टोल फ्रि नम्बर सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको हो।
प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालनको अनुमतिप्राप्त सेवा प्रदायकले इन्टरनेट सेवाको अनुमतिपत्रको शर्तअनुसार ग्राहसकसँग लिइने सेवा शुल्कसम्बन्धी विवरण नि:शुल्क उपलब्ध गरानुपर्ने भएकाले पनि टोल-फ्रि सञ्चालन गर्न प्राधिकरणले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।