काठमाडाैं-नेपालमा थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ, स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण पुष्टि भएको हो।
बाग्लुङका ८ जना, स्याङजाका २२ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत् जनाएका छन्। संक्रमितमा ६ महिला र ३२ पुरुष छन्। स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा १२ महिनाको शिशुमा पनि संक्रमण देखिएको छ।
नवलपरासीपूर्वका हुप्सेकोट गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेको र अन्य निकायका व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ सय ३८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।