काठमाडौं- अष्ट्रेलियाका कप्तान आरोन फिन्चले २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको लागि योजना सुरु भइसकेको जानकारी दिएका छन्। ५० ओभरको विश्वकप क्रिकेटमा कसरी राम्रो नतिजा निकाल्ने भन्ने योजना सुरु भइसकेको कप्तान फिन्चले बताएका हुन्।
भारतमा आयोजना हुने विश्वकप क्रिकेट आउन अझै साढे दुई वर्ष समय बाँकी छ। अघिल्लो वर्ष आयोजक इंग्ल्यान्डले विश्वकपको उपाधि जित्दा सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गरेको थियो। तर यो पटक भने अस्ट्रेलिया तयारीको मामलामा कुनै पनि कसुर बाँकी नराख्ने लक्ष्यमा छ।
गत वर्षको विश्वकपपछि अस्ट्रेलियाले सात एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा तीन खेल हार्दा ४ जित निकालेको छ। ग्त मार्चमा न्युजिल्यान्डुसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज थियो तर विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को माहामारीले रद्द भयो।
‘२०२३ मा हुने विश्वकपको लागि योजना बनिसकेको छ। कसरी खेल जित्न सकिन्छ। भारतमा हुने विश्वकप क्रिकेटको लागि कस्तो संरचना बनाएर जाने? हामीले कार्यहरु गरिरहेका छौं,' कप्तान फिन्चले भनेका छन्, ‘हामीले नयाँ २ स्पिनर र केही अलराउन्डर तयार पार्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।