काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले एभरेस्ट ग्यार उद्योग चाल्नाखेलको बोटलिंक प्लान्टलाई कारबाही गरेको छ। विभागले उद्योगले प्रयोग गरेको खाना पकाउने ग्यासको सिलिन्डर नेपाल गुणस्तर अनुरुप नरहेको भन्दै कारबाही गरेको हो।
विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार नेपाल गुणस्तर (प्रमाण चिह्न) नियमावली २०४० को नियम १६ अनुसार एभरेस्ट ग्यास उद्योग चाल्नाखेलको प्रमाणपत्र स्थगनको निर्णय गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।