काठमाडौं-काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट तथा विनियोजन विधेयक २०७७ सार्वजनिक गर्दै महानगर क्षेत्रभित्र व्यवसाय गर्दा तिर्नुपर्ने करका दरहरु सार्वजनिक गरेको छ।
महानगरपालिकाले बुधबार गरेको विनियोजन विधेयकअनुसार आगामी आर्थिक वर्षका लागि होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रमा ५० प्रतिशत र बाँकी सबै व्यवसायमा २० प्रतिशत कर छुट दिने भएको छ।
महानगरपालिकाले सबै खालका व्यवसायका लागि करका दरहरु निर्धारण गरेको छ। त्यस्ता व्यवसायको पूँजीगत लगानी, आर्थिक कारोबार, व्यवसायको प्रकृति र प्रकारका आधारमा करको दर कायम गरिएको हो।
यस्तो छ महानगरले तोकेको व्यवसाय करको दरः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।