काठमाडौं-सुनको भाउ घटेको छ। छापावाल सुन तोलामा ५ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुन तोलामा ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रूपैयाँ तोकिएको थियो।
सुनको मूल्य निरन्तर बढ्ने क्रममा बिहीबार ९१ हजार १ सय रूपैयाँ पुगेको थियो।
सुनको भाउ घटे पनि शुक्रबार चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलाको ९४० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य तोलाको ९३५ रूपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।