काठमाडौं-समाजवादी विद्यार्थी संगठनले निजी विद्यालयले दिनमा एक-दुई घण्टा कक्षा सञ्चालन गरेर अभिभावकबाट शुल्क असुल्ने कार्य गरेकाले लकडाउन अवधिको शुल्क नतिर्न अभिभावकलाई अपिल गरेको छ।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै समाजवादी विद्यार्थी यूनियनले सबै विद्यार्थीको पहुँचमा इन्टरनेट पहुँच नभएकाले शुल्क व्यावहारिक नभएको बताएको हो ।
‘निजी विद्यालयहरुले चलाईरहेको अनलाइन कक्षामा सम्पुर्ण विद्यार्थीहरु सहभागी छैनन्। कतिपय विद्यार्थी इन्टरनेटको पहुँचबाहिर छन् । कतिपय स्मार्ट फोन र ल्यापटप किन्ने हैसियतमा छैनन्,’ विज्ञप्तिमा भनिएकाे छ। विद्यार्थी संगठनले ‘यो अपूर्ण र अव्यावहारिक कक्षा सञ्चालनमा सरकारको ध्यान पुगोस्,’ भनेकाे छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै नि:शुल्क स्वास्थ्य-शिक्षाकाे व्यवस्था गर्न समाजवादी संगठनले माग गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।