काठमाडौं-नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुरस्थित प्रयोगशालामा गरिएका २१४ वटा नमुना परीक्षणमध्ये १३ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।
जसमध्ये माडी नगरपालिकाका ९, चितवन मेडिकल कलेजमा उपचाररत १, भरतपुर महानगरपालिकाका २ र रत्ननगर नगरपालिकाका १ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार २ सय २५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।