• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘कोरोना दवा’ले दाउमा लागेको रामदेवको साख

मृंगाक शेखर बिहीबार, असार ११, २०७७  २०:३०
1140x725

बाबा रामदेवसँग योग छ, जसमाथि कहिल्यै सवाल उठेन। योगलाई लिएर उनको योगदान उल्लेखनीय छ। तर, रामदेवको पतञ्जलीका धेरै उत्पादन यस्ता छन्, जुनमाथि कहिल्यै सवाल नउठेको होस्। यति मात्रै होइन, ती सवालको जवाफ समेत सन्तोषजनक कहिल्यै रहेन। तर, मान्छेहरु सवाल बिर्सिन्छन् र रामदेवको पछि लागेर उत्पादनहरु प्रयोग गरिरहन्छन्। 

योग नै हो, जसले रामदेवलाई ख्याति मात्रै दिलाएन, अन्य उत्पादनका लागि उनी आफैं ब्रान्ड बने। पतञ्जली पनि योगसँगै जोडिएको नाम हो। यदि रामदेव अरु कुनै नाम राख्थे भने पनि रामदेवका कारण आँखा बन्द गरेर मान्छेहरु भरोसा गर्थे नै। सत्य यही हो कि पतञ्जलीका उत्पादन रामदेवको अनुहार हेरेर जो पनि किनिरहेको छ। 

दुर्भाग्यवश बाबा रामदेवले अहिलेसम्म कुनै त्यस्तो उत्पादन बनाएनन्, जुन योगमा जस्तै सवालरहित होस्। कुनै समय नुडल्स र जिन्सका कट्टर विरोधी थिए रामेदव आफैं। तर, उनी आफैं त्यही किन बेच्न थाले हालसम्म बुझिएको छैन। बुझ्न त यो पनि सकिएको छैन कि रामदेवले ‘किम्भो’ नामक एप ल्याउनुका पछाडि कस्तो सोच रह्यो होला?

कोरोना भाइरसको औषधि ‘कोरोनिल’जस्ता उत्पादन भारत मात्रै किन पूरा दुनियाँले आवश्यकता महसुस गरिरहेको छ। यो त्यस्तो चिज हो, जुन अरु त अरु रामदेवकै विरोधी पनि बिना सोचविचार दौडेर लिएर आउँथे। जब जिन्दगी दाउमा लाग्छ, बाँकी सबथोक गौण भइदिन्छन्। तर, दुर्भाग्य यस्तो छ कि कोरोनिललाई लिएर रामदेवले हालसम्म आर्जन गरेको साख नै दाउमा लागेको छ। 

रामदेवको दाबी गलत ठहरियो भने?
मौजुदा मोदी सरकार योग र आयुर्वेदलाई मेडिकल साइन्सको समानान्तर मूलप्रवाहमा ठाउँ दिनका लागि कुनै कसुर बाँकी नराखेर लागिरहेको छ। मोदी सरकारको आयुष मन्त्रालय योग र आयुर्वेदका साथसाथै युनानी र  होमियाप्याथीसम्मलाई संरक्षण दिने सायद दुनियाँकै एक्लो सरकार होला। 

मोदी सरकारकै आयुष मन्त्रालयले नै रामदेवको यो औषधिमाथि छानबिन गर्ने विषयभन्दा ठूलो त्रासदी के होला र? यो फरक कुरा हो कि पतञ्जलीका तर्फबाट आचार्य बालकृष्ण दाबी गरिरहेका छन्– यो सब कम्युनिकेसन ग्यापको कारणले भइरहेको छ। तर, यो मामला उनले दाबी गरेजत्ति मात्रै चाँहि होइन।

बाबा रामदेवले भारतका घरघरमा योग पुर्‍याए भने प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै विश्वमा। यसकारण संसार २१ जुनमा योग दिवस मनाउँछ। संयुक्त राष्ट्र संघबाटै योग दिवस घोषणा गर्ने कुरामा मोदीको भूमिका महत्वपूर्ण छ। 

Ncell 2
Ncell 2
nimb
nimb

योभन्दा गज्जबको कुरा के छ भने रामदेवको कम्पनीले कोरोना भाइरस जस्तो महामारीका लागि औषधि बनाइरहेको छ। तर यसको जानकारी न केन्द्र सरकारलाई छ, न प्रधानमन्त्री मोदीलाई। यो आफैंमा ठूलो सवाल हो। 

आयुष मन्त्रालयले होमियोप्याथीको आर्सेनिकम एल्बम नामको औषधि कोरोनाबाट जोगाउनका लागि प्रयोग गर्न सकिने भनेको हल्ला सुरुमा आएको थियो तर त्यो पनि औपचारिक रुपमा आएन। आयुष मन्त्रालयले कोरोनालाई लिएर अनुसन्धान गर्ने प्रस्ताव गर्दा समेत आलोचना भएको थियो। मन्त्रालयले रोग प्रतिरोधि क्षमता विकास गर्ने उपाय चाहिँ सिफारिस गरेको छ तर हालसम्म कुनै औषधिका बारेमा बोलेको छैन।

केन्द्र सरकारको स्पष्ट निर्देशन पनि छ- कसैले कोरोना भाइरसको औषधि बनाएको भन्दै प्रचारप्रसार गर्न पाउँदैन। तर, सवाल यो हो कि रामदेवले कसरी यस्तो दावीका साथ औषधि बजारमा ल्याए?

रामदेवको दाबी छ कि ट्रायलको समयमा तीन दिनभित्र ६९ प्रतिशत कोरोना भाइरस पोजिटिभहरु नेगेटिभ भए। ट्रायलकै समयमा ७ दिनमा शतप्रतिशत नेगेटिभ भए। साँच्चिकै यस्तै हुँदो हो त दुनियाँका लागि यो चमत्कारभन्दा कम हुँदैनथ्यो। यो त रामवाण उपाय हुन्छ। अर्को तरिकाले भन्दा यो सञ्जिवनी बुटी नै हो। तर अफसोस कुरा यस्तो होइन। 

Xtrem

Xtrem

भारतको डिजास्टर म्यानेजमेन्ट एक्ट, २००५ अनुसार यदि कोही गलत दाबी गर्छ भने त्यो दण्डनीय अपराध हो। कोरोनालाई लिएर रामदेवले औषधि बनाएको दाबी गलत भयो भने यही कानुनको उलंघन हुनेछ। यस्तो अपराधका लागि एक वर्षदेखि ७ वर्षसम्मको जेल सजायँसमेत हुन सक्छ।

केन्द्र सरकारको आयुष मन्त्रालयले मात्रै होइन, उत्तराखण्ड  सरकारको आयुर्वेद ड्रग्स लाइसेन्स प्राधिकरणले पनि बाबा रामदेवको औषधिमाथि सवाल उठाएका छन्। प्राधिकरणका डेपुटी डाइरेक्टर यतेन्द्र सिंह रावतका अनुसार बाबा रामदेवको कम्पनी पतञ्जलीलाई औषधि बनाउन होइन, इम्युनिटी बुस्टर र खोकीको औषधि बनाउन लाइसेन्स दिइएको थियो। उनलाई समेत सञ्चारमाध्यमबाट कोरोनाको औषधि बनाइएको जानकारी भएको हो। 

रामदेव पटक–पटक यस्तो दाबी गर्छन् किन?
क्यान्सरदेखि होमो सेक्सुआलिटीसम्मको उपचारको समय–समयमा दाबी गरिसके रामदेवले। रामदेवको पतञ्जली नुडल्स पनि गुणस्तर जाँचमा फेल भइसक्यो। तर, पतञ्जलीले भन्ने गरेको ‘कम्युनिकेसन ग्याप’ भने जसोतसो भइदियो होला! 

एक मिडियारिपोर्टका अनुसार पतञ्जलीका ४० प्रतिशत उत्पादन उत्तराखण्डको आयुर्वेद र युनानी विभागका तर्फबाट गरिएको गुणस्तर मापनमा खरो उत्रिन सकेनन्। हिन्दूस्तान टाइस्मको रिपोर्टअनुसार सन् २०१३ देखि २०१६को बीचमा लिइएको पतञ्जलीका ८२ स्याम्पलमा ३२ उत्पादन गुणस्तर जाँचमा फेल भए।  

ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न दुई वर्ष पहिले रामदेवले एउटा म्यासेजिङ एप सार्वजनिक गरेका थिए– किम्भो। नाम त गज्जबको राखिएको थियो तर यसलाई केही घन्टामै गुगल प्लेस्टोरबाट फिर्ता लिनुपर्‍यो। 

३० मे २०१८ लन्च गर्ने समय बाबा रामदेवले भारतको नाम फैलाउने कोशिस गरे। तर, किम्भोको प्रयोगकर्ताको डाटा सुरक्षाको सवाल उठ्यो। यो प्रयोग गर्नेको निजी जानकारी जोसुकैले सजिलै प्राप्त गर्न सक्छ। सबैभन्दा नरमाइलो कुरा त के थियो भने बन्द भइसकेको एक अमेरिकी कम्पनीले निर्माण गरेको ‘बोलो’लाई नै ‘किम्भो’का रुपमा प्रस्तुत गरिएको थियो।

(आइचोकमा प्रकाशित सामग्रीबाट अनुवादित)

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  २०:३०
  • #कोरोना-दवा
  • #रामदेव
  • #बाबा-रामदेव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्