काठमाडौं- परराष्ट्र मन्त्रालयले नेपाली गाउँ चीनतर्फ भनी सार्वजनिक सञ्चार माध्यममा प्रकाशित समाचारमा सत्यता नभएको बताएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले सार्वजनिक सञ्चार माध्यममा आएका समाचारहरुप्रति ध्यानाकर्षण भएको भन्दै सीमा विवादका बारेमा ५ अक्टुबर १९६१मा समाधान भएको बताएको छ।
कृषि तथा उद्योग मन्त्रालयको तथ्याङ्कका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो।
भारतले लिम्पियाधुरासहितको भूभाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका बेला चीनले पनि सीमा अतिक्रमण गरेको भन्दै विवाद सिर्जना भएको थियो। नेपाली कांग्रेसका केही सांसदहरूले प्रतिनिधि सभामा संकल्प प्रस्ताव नै पेश गरेका थिए।
मन्त्रालयले सन् १९६१ मै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।