काठमाडौं- काभ्रेपलाञ्चोकका एक व्यवसायीले आफ्नो जन्मदिनमा गर्ने खर्चको रकम पाँचखाल नगरपालिकाका एम्बुलेन्स चालकहरुको कोरोना बिमा गरिदिएका छन्।
व्यवसायी उमेश बानियाँले पाँचखाल नगरापलिकाका एम्बुलेन्स चालकहरू सन्तोष सापकोटा, छावासिंह तामाङ, बुद्धि बहादुर भुजेल, रमेश श्रेष्ठ र गोपीचन्द्र दनुवार समेतका स-परिवार (१७ जना) को जनही १ लाखसम्मको उपचार हुनेगरी बिमा बानियाँले गरिदिएका हुन्।
महालक्ष्मी नगरपालिका ललितपुरको वडा नं ६ सिद्धीपुरका दुई एम्बुलेन्स चालक कुमार महर्जन र रवि महर्जनको सपरिवारलाई कोरोनाको बिमा गरिदिएका हुन्।
समाजसेवी बानियाले पाँचखाल नगरका एम्बुलेन्स चालक साथै चालकका परिवारको बिमा कागजात नगरका मेयर महेश खरेललाई हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।