काठमाडौं- इंग्ल्याण्डमा तयारीमा रहेको वेस्ट इन्डिज टिमका तेब्रे हाते बलर रेमोन रेफरले ११ बलमा ५ विकेट लिएका छन्। वल्ड ट्राफोर्डमा टिमभित्रकै समूह बनाएर भएको अभ्यास खेलमा रेमोनले उत्कृष्ट बलिङ गरेका हुन्।
होल्डरले सम्हालेको टिमलाई रेमोनको राम्रो बलिङकै कारण १ सय ९३ रनमा आउट पारेका थिए। जसले ब्रेथवेटको कप्तानीमा रहेको टिम ८२ रनले अघि रह्यो। सुनिल एब्रिसको ५२ रन सर्वाधिक रह्यो। माक्र्विनो मिन्डेलीले तीन विकेट लिए।
कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको क्रिकेटमा अहिले इंग्ल्याण्डसँगको टेस्टका लागि वेस्ट इन्डिज टिमले तयारी गरिरहेको हो। इंग्ल्याण्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्ट जुलाइ ८ मा सुरु हुनेछ।
अहिले दुवै टिमका सबैको कोरोना भाइरस परीक्षण भइसकेको छ। खेल हुने म्यानचेस्टर र साउथह्याम्टनको मैदान पनि पूर्ण रुपमा सुरक्षित गरिएको छ। मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।